Logo मंसिर २०, २०७७ शनिबार


‘आजपनि म तिमीलाई उत्तिकै सम्मान र माया गर्छु’

काठमाडाैं । कोरोना स‌क्रमण भएर उपचार गराइरहेका वरिष्ठ हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्यलाभको कामना गर्दै पूर्वपत्नी मीना ढकालले सामाजिक सञ्जाल फेसबुकमा मन छुने स्ट्याटस् लेख्नुभएकाे छ । कात्तिक १० गते काेराेना संक्रमण पुष्टि भएपछि घरमै स्वास्थ्य लाभ गरिरहनुभएका गजुरेलकाे स्वास्थ्यमा थप जटिल समस्या देखिएपछि हाल सशस्त्र प्रहरी अस्पताल, बलम्बूमा उपचाररत हुनुहुन्छ ।

गजुरेलकी पूर्वपत्नी मिना ढकालले फेसबुकमा लेख्नुभएकाे स्ट्याटस् जस्ताकाे तस्तै :

जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसँग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ ।

तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमीसँग मैले जीवनका बिसौं वर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ ।

भलै समयले तिम्रो र मेरो बीचमा दूरी ल्यायो होला फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसीयूमा उपचारारत छौ भन्ने समाचारले मलाई वि़क्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भईरहेछ।

म तिम्रो सुस्वास्थ्यको लागि भगवानसँग प्रार्थना गर्दछु । तिम्रो जीवनसँग मेरा दुइ सन्तान पनि जोडिएका छन्। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन्, सुरक्षित छन् । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन्, म यो रियलाईज गरिरहेछु ।

मेरो प्रार्थना सुन्छन् भगवानले, तिमी छिटै अस्पतालबाट डिस्चार्ज हुनेछौं र बाबुनानीको सामिप्यतामा पुग्नेछौं भन्ने आशामा छु । मनोज गजुरेल, तिमी छिट्टै हार मान्ने मान्छे होईनौ- मैले बिसौं तीजका निराहार व्रत बसेकी छु तिम्रो लागि । आज पनि तिम्रो दिर्घायूको कामना गर्न छोडेकी छैन । छोराछोरी तिम्रो प्रति़क्षामा छन । तिमी र म बीच जस्तासुकै व्यवहारिक बेमेल भएपनि तिम्रो जीवन मेरो लागि महत्वपूर्ण छ, हार नमानिदेउ । छिट्टै रिकभर भएर घर पुगेको देख्न पाउँ ।

(उही तिमीलाई आयुश्मान भएको देख्न चाहने तिम्री पूर्व अर्धाङ्गिनी)

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।