Logo बैशाख १, २०७८ बुधबार


तीन करोड ५२ लाख संक्रमणमुक्त, १२ लाख ४७ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा तीन करोड ५२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा तीन करोड ५२ लाख ३८ हजार ६ सय ६३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा चार करोड ९६ लाख ३४ हजार दुई सय ७३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १२ लाख ४७ हजार नौ सय ३१ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ३१लाख ४७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ५१ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ६३ लाख ८४ हजारभन्दा बढी निको भएका छन् । यहाँ दुई लाख ४२ हजार एक सय ६३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ८४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ७८ लाख १८ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार ६ सय ५ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ८८ हजार आठ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ५२ हजार नौ सय आठ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार ७० जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…