फ्रान्समा अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन ६० हजार बढीमा कोरोना पुष्टि

फ्रान्स । यहाँ एकैदिन सबैभन्दा बढी ६० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६० हजार ४ सय ८४ जना संक्रमित भएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको हो । योसँगै फ्रान्समा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण देखिएकाे हाे।
यहाँका स्वास्थ्य अधिकारीहरुले फ्रान्समा र अझ बढी पेरिसमा काेराेना संक्रमण दिन प्रतिदिन झनै ठूलो संख्यामा बढ्दै गएको बताएका छन् ।
अधिकारीहरुका अनुसार यस संक्रमणबाट फ्रान्समा बिहीबार ५८ हजार जना भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए भने शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ६० हजार बढी देखिएका हुन् ।
यो सँगै फ्रान्समा आजसम्ममा १६ लाख ६१ हजार ८सय ५३ जना नागरिक सङ्क्रमित हुन पुगेका छन् भने पछिल्लाे २४ घन्टामा ८ सय २८ जनाको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।