भन्सार छली गरेर नेपाल ल्याउँदै गरेकाे माछा बरामद

जुद्ध चौधरी
कञ्चनपुर । बेल्डाँडीमा भारतबाट अबैध रुपमा भन्सार छली गरेर नेपाल ल्याउदै गरेको माछा प्रहरीले बरामत गरेको छ । भारतीय नम्बर प्लेटको मोटरसाईकल र सोही मोटरसाईकलमा ल्याउँदै गरेको १ सय ३० किलोग्राम माछा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक धन बहादुर चन्दको कमाण्डमा खटिएको मोबाईल गस्ति टोलीले शनिबार बेल्डाँडी गाउँपालिकाको वडा नम्बर ५ सीमामा गस्ती गर्ने क्रममाअन्दाजी ५२ हजार मूल्य बराबरको माछा र मोटरसाईकल बरामद गरेको हो ।
बरामद गरेको माछा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टीन कार्यालय गड्डाचौकीमा बुझाइएको र मोटरसाईकल कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले जानकारी दिनुभयो ।