Logo बैशाख ५, २०७८ आइतबार


स्पेनिस ला लिगाको शीर्षस्थानमा एट्लेटिको मड्रिड

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

उसको जीतमा युवा खेलाडी जाओ फेलिक्सले दुई गोलको योगदान दिए । शनिबार राति भएको खेलमा एट्लेटिकोले काडिचलाई ४–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन मार्कोस लोरान्टे र लुइस सुआरेजले पनि समान एक–एक गोल गरे ।

खेलको आठौं मिनेटमा फेलिक्सले गोल गर्दै टिमलाई अग्रता दिलाए । २२औं मिनेटमा लोरान्टेले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको एट्लेटिकोले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

५१औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई जिततर्फ लिए । ९०औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ४(० को जित दिलाए ।

जितसँगै लिगमा ७ खेल खेलेको एट्लेटिकोले १७ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित काडिचको ९ खेलबाट १४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।