Logo बैशाख ६, २०७८ सोमबार


बाइडेनको दु:खान्त पारिवारिक जीवन र राजनीतिक अवरोह

काठमाडौं । ७८ वर्षको उमेरमा विश्वको शक्तिशाली मुलुक अमेरिकाको सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित बनेका जो बाइडेनको विजयपछि उनीबारे विभिन्न विषय चर्चामा आइरहेका छन् ।

खासगरी नवनिर्वाचित बाइडेनको बाल्यकाल, पारिवारीक जीवन र उनले पार गरेका राजनीतिक उतारचढावलाई खोतलेर विभिन्न चर्चा परिचर्चा भइरहेका छन ।

बाल्यकाल
सन १९४२ नोभेम्बर २० मा मेन्सलभेनियाको स्कान्टनमा जन्मिएका जोन बाइडेनको पारिवारिक जीवन सामान्य देखिन्छ । उनका बुवा कार बिक्रेता रहेको पाइन्छ ।

५० को दशकमा व्यवसाय गुमेपछि बाइडेनका बुवा परिवारसहित छिमेकी राज्य डिलासायर बसाइँ सरेका थिए । त्यसबेला १० वर्ष उमेरका बाइडेनको बाल्यकाल डिलासायरमै बित्यो भने सन् १९६५ मा युनिभर्सिटी अफ डिलासायरबाट उनले स्नातक सकाएका थिए ।

राजनीतिक संलग्नता
निलिया हन्टर नाम गरेकी युवतीसँग सन १९६६ मा बाइडेनको विवाह भयो । उनीहरुका ३ सन्तान पनि जन्मिए । त्यसपछि उच्च शिक्षाका लागि न्ययोर्क गएका बाइडेनले त्यहाँको एक युनिभर्सिटीबाट कानुनमा डिग्री लिन सफल भए ।

डिग्री लिइसके पछि वकिलका रुपमा काम गर्ने मनासाय बनाएर डिलावयरमै फर्किएका उनी एकाएक राजनीतिमा जोडिए । राजनीतिमा बढेको सक्रियतासँगै उनले ‘न्यू क्यासल काउन्टी परिषद’ मा १९७० देखि १९७२ सम्म काम गरेका थिए ।

बाइडेन पहिलोपटक अमेरिकी सिनेटर १९७२ मा २९ वर्षकै उमेरमा पहिलोपटक चुनिएका थिए ।

पारिवारिक दु:खान्त
पहिलोपटक अमेरिकी सिनेटर चुनिएको एक महिना नबित्दै एक दुर्घटनामा बाइडेनले पत्नी निलियासहित एक वर्षीया छोरी नाओमीलाई गुमाउनु पर्यो भने दुई छोराहरु सख्त घाइते भए ।

सन् १९७५ मा बाइडेनको भेट जिल ज्याकोब नामकी महिलासँग भयो । आफ्नो पहिलो पतिसँग सम्बन्ध बिच्छेद गरेकी र आफूभन्दा ८ वर्ष कान्छी ज्याकोबसँग बाइडेनले सन् १९७७ मा बिहे गरे । सन् १९८१ मा उनीहरुले एक छोरी जन्माएका थिए ।

यसरी पत्नी वियोगको सामना गरिरहेका जोन बाइडेनले ४६ वर्षीय छोराको मस्तिष्क ट्यूमरका कारण भएको मृत्युबाट पनि समालिनुपर्ने बाध्यता आयो । तर दुखान्त पारिवारिक जीवनका बीच पनि उनको राजनीतिक क्रियाशीलता बढि नै रह्यो ।

एक प्रखर वक्ता
आफ्नो जीवनमा गहिरो पारिवारीक पीडाको भारी बोकिरहेका बाइडेनलाई अमेरिकी जनाताले यो पटक मुलुकको ४६ औं राष्ट्रपतिका रुपमा निर्वाचित गरेका छन् । प्रखर वक्ताका रुपमा परिचित बाइडेनको सर्वसाधारणसँग अत्यन्तै घुलमिल हुने स्वभाव छ ।

सन् १९८८ मै राष्ट्रपतिका बलिया दाबेदार मानिएका उनले एक बेलायती नेताको भाषण चोरेको आरोप लागेपछि उम्मेद्वारबाट वञ्चित हुनु परेको थियो । तर सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति रहेको बेला उनले उपराष्ट्रपतिको कार्यभार सम्हालेका थिए ।

खासगरी चुनावी अभियानमा निकै सफलता हासिल गर्दै आएका बाइडेन सन २०७३ देखि २००९ सम्म डिलावयरबाट निरन्तर सिनेटर जित्दै आएको देखिन्छ । यसरी आफ्नो ५० वर्ष लामो समय राजनीतिमा व्यतित गरेका बाइडेनले विभिन्न राजनीतिक अवरोहको पनि सामना गरेका छन् ।

किर्तिमानहरु
राष्ट्रपति बाइडेन अमेरिकामा पछिल्लो ३ दशक यता पदमै रहेका राष्ट्रपतिलाई हराउने पहिलो व्यक्ति पनि बनेका छन् ।

उनी सबैभन्दा बढी उमेर (७०) मा निर्वाचित हुने आफ्ना प्रतिष्पर्धी डोनाल्ड ट्रम्पको किर्तिमानीलाई समेत तोड्दै ७८ वर्षको उमेरमा राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बाइडेनको अर्को किर्तीमानी भनेको उनले लगातार तेस्रो पटकको प्रयासपछि मात्रै राष्ट्रपतीय निर्वाचनमा सफलता हात पारेका छन् । यसअघि १९८८ र २००८ मा पनि बाइडेनले राष्ट्रपतिमा दाबी गरेका थिए । एजेन्सीकाे सहयाेगमा 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।