Logo बैशाख ५, २०७८ आइतबार


बाइडेनको जितमा यसरी निर्णायक बनिन् कमला

काठमाडौं । अमेरिकाको इतिहासमा पहिलोपटक महिला उपराष्ट्रपतिमा निर्वाचित कमला देवी ह्यारिस राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सफलताको प्रमुख कारण बनेकी छन् ।

विश्लेषकहरुले राष्ट्रपति पदका डेमोक्रयाटिक उमेद्वार जो बाइडेनले उपराष्ट्रपति पदमा भारतीय मुलकी ह्यारिसलाई उमेद्वार बनाउनु नै जित सुनिश्चित बनाएको बताइरहेका छन् ।

राष्ट्रपतिमा बाइडेन विजयी भएसँगै उपराष्ट्रपति पदमा ह्यारिसले अमेरिकी राजनीतिमा नै नयाँ इतिहास रच्न सफलता हासिल गरेकी छन । उनी उपराष्ट्रपति पदका लागि लड्ने पहिलो अश्वेत र एसियन अमेरिकी पनि हुन । उपराष्ट्रपति निर्वाचनमा यसअघि दुई महिला उमेद्वार सारह पालिन ९२००८० र गेराल्डीन ९१९८४० बनेपनि उनीहरुले पराजय भोग्नु पिरेको थियो ।

क्यालिफोर्नियामा महान्यायाधिवक्ताको रुपमा काम गरेकी ह्यारिसले देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको अपील गरेकी थिइन ।

को हुन् कमला देवी ह्यारिस ?
कमला देवी ह्यारिसको जन्म सन् १९६४ अक्टोबर २० मा क्यालिफोर्नियाको अकल्याण्डमा भएको थियो । ह्यारिस अमेरिकी मुलका बुवा र भारतीय मुलकी आमाकी छोरी हुन ।

इन्डियन जमैकन मूलकी र क्यालिफोर्नियाकी सांसद रहेकी ह्यारिसले शुरुमा डेमोक्रेटिक प्राइमरीमा राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् । तर पछि उनी राष्ट्रपतिको चुनावी दौडबाट आफै पछि हटिन् र बाइडेनको उपराष्ट्रपतिको उम्मेदवार बनिन् ।

राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपनि ह्यारिस अमेरिकी निर्वाचनमा चर्चामा शिखरमा रहिरहिन । एलिजाबेथ वारेनले अश्वेत महिलालाई उपराष्ट्रपति उम्मेदवार छान्न बाइडेनलाई सुझाव दिंदै आफू पछाडि हटेपछि ह्यारिस उम्मेदवार बन्न बाटो खुलेको थियो ।

निर्वाचनमा यसरी निर्णायक बनिन ह्यारिस
अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी कमला ह्यारिसको पहिचानले नै राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेनले जित हासिल गरेको विश्लेषण हुन थालेको छ ।

कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउँदै आफूलाई एक अमेरिकी भननिरहने कारण पनि उनी अमरिकी मतदाताबीच लोकप्रिय बनेकी हुन ।

बाइडेनको सफलतामा बसाइँसराइ भई अमेरिका पुगेका गैर अमेरिकिको साथ देखिएको छ र ति सबै माझ ह्यारिसको लोकप्रियता छ । यो नै मुलत बाइडेनको चुनावी जितको मुख्य कारण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।