Logo बैशाख ६, २०७८ सोमबार


प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा छलफल

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष कोपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । पार्टीमा विवाद चर्किरहेको बेलामा प्रधानमन्त्री ओलीले नेपालसहित चार नेतासँग छलफल गर्नुभएको हो ।

नेकपा सचिवालयका बहुमत सदस्यद्वारा बैठक बोलाउनका लागि शनिबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित आग्रह गरेपछि उहाँले छलफलका लागि माधवकुमार नेपालसहित स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेसँग वार्ता गर्नुभएको बताइएको छ ।

शनिबारको बैठकमा नेता नेपालले ओलीको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको थियो । पछिल्लो समय कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

शनिबार बालुवाटार पुगेर पाँच नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको सहमतिका लागि लिखित आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।