Logo फाल्गुन १४, २०७७ शुक्रबार


अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा आयुशलाई स्वर्ण

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । आयुशले यु–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् ।

ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुशले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडीले सहभागिता जनाएको एनटीएका अध्यक्ष अशोक खड्काले जानकारी दिनुभयो । ब्राजिल दोश्रो तथा युरोग्वे र अर्जेन्टिना तेश्रो भएका छन् । कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आयुशले जितेको यो छैटौं पदक हो ।

यसअघि आयुशले अमेरिकामा भएको प्रतियोगितामा रजत तथा मलेसिया र थाइल्यान्डमा भएका प्रतियोगितामा स्वर्ण जितेका थिए । घरेलु प्रतियोगिताअन्तर्गत कागेश्वरी र काठमाडौं भर्चुअल प्रतियोगितामा स्वर्ण हात पारेका थिए ।

प्रतियोगितामा आयुशसहित सुदेशना गुरुङ, प्रगति कुइकेल र शान्ति राई पनि सहभागी छन् । बाँकीको खेलको नतिजा सोमबार आउने बताइएको छ । प्रतियोगितामा एनटीएका अध्यक्ष खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।

पर्यटकीय सम्पदा वस्ती वुङमतीलाई साइकल रुट बनाउने, वुङमतीको काष्ठकला र हस्तकलालाई विश्वव्यापीरुपमा चिनाउन र सम्पदा बस्ती संरक्षणमा स्थानीय सरकारसँगै परियोजना…