फाखेलका किसानका बारीमै ओइलिए लाखौंका फूल (फाेटाेफिचर)

काठमाडौं । केही वर्ष यता मकवानपुर जिल्ला फूल खेतीमा आत्मनिर्भर बन्दै आएको छ । फूलखेतीबाट मनग्गे आम्दानी र मुनाफा समेत हुने भएपछि यहाँका किसानहरुले व्यावसायिक फूल खेती गर्दै आएका छन् । फूल खेतीबाट राम्रो आम्दानी हुन थालेपछि तिहारका लागि मात्र नभएर वर्षैभरी फूल खेती गरेर राम्रो आम्दानी लिने किसानहरु बढ्दै गएका हुन् ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत फाखेलमा वर्षौंदेखि फूल खेती गरिँदै आएको छ । यस वर्ष पनि यहाँका किसानहरुले बारीमा फूल फुलाएका छन् । तर तिहार नआउँदै बोटमै फूल ओइलिएर मुर्झाएपछि किसानहरु घाटा खान बाध्य भएका छन् ।
यो वर्ष तिहार ढिलो परेकाले लाखौंको फूल बोटमै ओइलिएको स्थानीय किसान मनमाया दोङले बताइन् । झण्डै ३ लाख रुपैयाँको फूल खेर गयो । अहिले फाखेलका किसानहरुले लगाएका फूलहरु ढकमक्क फुलेर ओइलिन थालेको उनले बताइन् ।
यस वर्षको लक्ष्मीपूजा आउन भने अझै एक साता बाँकी नै छ ।
तस्बिर : जनतासमाचार डट्कम