Logo बैशाख ५, २०७८ आइतबार


डोनाल्ड ट्रम्पलाई अर्को धक्का, पत्नी मेलानियासँग सम्बन्ध विच्छेद

एजेन्सी । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को ठूलो धक्का लागेको छ ।

हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग पराजित भएका ट्रम्पलाई पत्नी मेलानिया ट्रम्पले सम्बन्ध बिच्छेद गर्न लागेकी हुन् । चुनाव हारेर ह्वाईट हाउसबाट निस्किएपछि उनकी पत्नी मेलानियाले ट्रम्पसँग सम्बन्ध बिच्छेद गर्न लागेको बेलायती अखबर डेलीमेलले समाचार छापेको छ ।

समाचारका अनुसार मेलानियाले ट्रम्प पदमा रहँदैदेखि सम्बन्ध विच्छेद माग्दै आएकी थिइन् । उनले ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएपछि औपचारिक रुपमा सम्बन्धविच्छेद गरेर आफू अलग्गिन पाउँ भनेर मिनेट काउन्ट गरिरहेको डेली मेलको दाबी छ । ट्रम्प र मेलानिया १५ वर्ष अघि वैवाहिक सम्बन्धमा बाँधिएका थिए । तर उनीहरुको विवाह व्यवसायिक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारले भन्दै आएका थिए ।

तर मेलानियाकी एक साथीका अनुसार उनका श्रीमानले चुनाव जित्नेछन् भनेर मेलानियाले कहिल्यै आशा गरेकी थिइनन् ।

खबरमा जनाइएअनुसार वाशिंगटनडिसीबाट ह्वाइटहाउस आउन मेलानियाले ६ महिना कुर्नुपरेको थियो । त्यो बेला उनका बच्चाहरुको पढाई बिग्रिने भएकोले उनी आउन ढिला भएको बताइएको थियो ।

५० वर्षीया अमेरिकी प्रथम महिला मेलानिया पूर्व मोडल हुन् । उनले ७४ वर्षीय श्रीमान ट्रम्पसँग सम्बन्ध राम्रो रहेको बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।