Logo बैशाख १, २०७८ बुधबार


नुवाकोटमा देउसीभैलो खेल्न नपाइने

नुवाकोट । जिल्लामा यसवर्ष तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । कोरोना संक्रमण फैलन नदिन गत कात्तिक २६ देखि अर्को आदेश नआउँदासम्मका लागि जारी लकडाउन भएकाले देउसीभैलो खेल्न रोक लगाइएको हो ।

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जारी गरेको आदेशानुसार २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने बताउनुभयो ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमितको संख्या ६ सय १९ पुगेको छ। जसमध्ये दुई सय ८८ जना रोग जितेर घर फर्किसकेका छन् भने तीन सय २९ जना सक्रिय संक्रमित रहेका छन्।

सक्रिय सङ्क्रमतिमध्ये सातजना त्रिशूली अस्पतालको आइसोलेसनमा र तीन सय २२ जनालाई चिकित्सकको निगरानीमा घरकै एकान्तबासमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…