Logo बैशाख २, २०७८ बिहीबार


नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ । ऊर्जा मन्त्रालयले शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखमा नियुक्त गरेको हो ।

निमित्त कार्यकारी पदमा नियुक्त गरेसँगै शाक्यले सोमबारै पदबहाली गर्नुभएको छ । निवर्तमान निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले शाक्यलाई विद्युत प्रधिकरणको केन्द्रीय कार्यलयमा हाजिर हुन निर्देन दिनुभएको थियो । वरिष्ठताको आधारमा शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

यसअघि कुलमान घिसिङको कार्यकाल सकिएपछि ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारी मध्येबाट कोइरालालाई वरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…