Logo माघ १०, २०७७ शनिबार


देशकाे नाम ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन

काठमाडाैं । संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

समिति सभापति शशी श्रेष्ठले सरकारले गरेको निर्णय र कानून मन्त्रालयले गरेको निर्णयमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने अवश्यकता भए संसदबाट निर्णय गर्नुपर्ने तर नभएको अवस्थामा निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वनयन नगर्न निर्देशन दिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले गरेको निर्णयमा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको निर्णयमा विभिन्न कुटनीतिक नियोगबाट हुने पत्राचार र सरकारी लिखितहरुमा औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने गरिएकोमा अब उप्रान्त नेपालमा मात्रै लेख्ने भनेर भनेकोमा आवश्यकता भए संसदबाट गर्नुपर्छ । नभए फिर्ता गर्नुपर्छ भन्ने सबै माननियहरुको भनाइ रहेकाले त्यो कार्यान्वयन नगर्न निर्देशन दिइन्छ ।’

समितिको निर्णयमा भने सत्तारुढ दलकै दुई जना सांसदहरुले फरक मत राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरु विजय सुब्बा र नवराज सिलवालले फरक मत राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हाे ।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै बिडारीले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनाबद्ध रुपमा प्रतिनिधि…

फाेहाेर नफाल्ने अभियानभन्दा पनि फाेहाेर उठाउने अभियान सञ्चालन भइरहेकाले सातामा एकदिन केही सफा देखिएपनि अर्काे दिनदेखि उस्तै देखिन्छ ।

वैशाखमा निर्वाचन नभए प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठ्ने तथा संविधानले समेत काम नगर्ने उहाँको भनाइ छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएकाे जानकारी अनुसार स्थायी कमिटी बैठक आइतबार १२ : ३० बजे बस्नेछ ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किने पक्का भएको बताउनुभएको छ ।