Logo बैशाख ६, २०७८ सोमबार


अवैध र गुणस्तरहीन १ सय ५० लिटर मदिरा नष्ट

राजन पौडेल 
पर्वत । प्रहरीले एक सय ५० लिटर अवैध र गुणस्तरहीन घरेलु मदिरा नष्ट गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वत तथा सामुदायिक प्रहरी सेवा केन्द्रबाट खटिएको टोलीले मदिरा नष्ट गरेको हो ।

कुश्मा नगरपालिकाको वडा नं.४, ५ र ७ का विभिन्न स्थानमा अवैध रुपमा उत्पादन र सञ्चय गरेको भन्ने जनगुनासो बढेपछि प्रहरी नायव निरीक्षक पूर्णिमा थापाको कमाण्डमा मदिरा नियन्त्रणमा लिएको सुचना अधिकृत मनिष श्रेष्ठले जानाकारी दिनुभयो । मदिराको कारण सामाजमा विकृति, घरेलु हिंसा र झै–झगडा बढ्दै गएको अवस्था न्यूनीकरणका लागि अवैध रुपमा उत्पादन गरिएको गुणस्तरहीन मदिरा नष्ट
गरिएको हो ।

विभिन्न वडाबाट गुणस्तरहीन तयारी घरेलु मदिरा एक सय ५० लिटर, मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी सात हजार लिटर र मर्चा ४० किलोग्राम नियन्त्रणमा लिई कुश्मा नगरपालिका वडा न. ६ का वडा अध्यक्ष रुद्र गिरी, प्रहरी नायव निरीक्षक मोहन कुमार खड्का, लगायत अन्य प्रहरी कर्मचारीको उपस्थितीमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…