Logo बैशाख ७, २०७८ मंगलबार


कर नतिर्ने सूचीमा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि विनोद चौधरीसम्म

काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाएको पाइएको छ ।

अन्तरिक राजश्व विभागले निकालेको सूचनामा नेकपाका संघीय सांसद बाँस्कोटा प्रकाशक तथा सम्पादक रहेको सम्बोधन साप्ताहिकले ०७० सालयताको कर दाखिला नगरेको उल्लेख छ ।

अर्बपति विनोद चौधरी,उद्योगी सुरज वैद्य, प्रचण्डका घरभेटी ठेकेदार शारदाप्रसाद अधिकारी, काँग्रेस सांसद तथा ठेकेदार बहादुरसिंह लामालगायतका कम्पनीले पनि भ्याट नतिरेको पाइएको छ ।

त्यसैगरि मूल्य अभिवृद्धि कर(भ्याट) नबुझाउनेमा चर्चित अभिनेत्री तथा निर्देशक झरना थापा पनि रहेकी छिन् । उनको सुहानी फिल्मले पनि कर दाखिला नगरेको भेटिएको हो । लाजिम्पाट ३ काठमाडौंस्थित उनको कम्पनीले ०५८ सालदेखि यता सरकारलाई कर तिरेको छैन ।

निर्देशक थापा हाल ए मेरो हजुर ४ को शुटिङमा व्यस्त छिन् । वितरक सुनील मानन्धरको श्रीराम बालाजी फिल्मले पनि ०७४ सालयताको कर दाखिला गर्न बाँकी रहेको विभागको सूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाकी भूभागको मौसम आँशिक बदली रहेको महाशाखाको भनाइ छ ।

धनको सहयोग जुट्नेछ। प्रिय वस्तु मिल्नेछ। पुरानो काममा फाइदा आउनेछ।

माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएपछि प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भएको छ ।

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।