Logo बैशाख १, २०७८ बुधबार


पार्टी बैठक बोलाउन अनुशासन आयोगको माग

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नेताहरुबीच आपसी अन्तरसंघर्ष चर्किएसँगै पार्टीको अनुशासन आयोगले तुरुन्तै अनुशासन आयोगको बैठक बोलाउन माग गरेको छ । आयोगले पार्टी बैठक बोलाएर अन्तरविराेध समाधान गर्न नेतृत्वको ध्यानाकर्षण गराएको हाे ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले सोमबार एक विज्ञप्ति जारी गर्नुहुँदै विवाद समाधानका लागि बैठक बोलाउन ध्यानाकर्षण गराउनुभएको हो । बोहराले जारी गरेको विज्ञप्तिमा विगतमा फुटको दुःखद कुरा व्यहोरिसकेकाले पार्टी एकताको विकल्प नभएको र समृद्ध समाजवादी समाज बनाउन फुट र विभाजन प्रतिगामी हुने भएकाले जति सकिन्छ चाँडो पार्टीको बैठक राख्न अनुरोध गरिएको छ । बैठक राख्ने विषयलाई प्रतिष्ठाको विषय नबनाउन पनि बोहराको आग्रह छ ।

विज्ञप्तीमा पार्टी एकताका बाँकी काम छिटो पूरा गर्दै एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु पर्नेमा जोड दिइएको छ । बोहराले विज्ञप्तीमार्फत भन्नुभएको छ, ‘पार्टीमा देखापरेका अनुशासन र पद्धतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिस्ट आचरणमा विचलनजस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गर्न तथा संयम, धैर्य र राजनीतिक सुझबुझसहित जनता र राष्ट्रका समस्यामा ध्यान केन्द्रित गर्दै एकताबद्ध र गतिशील बनाउन नेतृत्वप्रति विशेष अनुरोध गदछौं ।’

दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आम पार्टी पंक्तिलाई निराश पार्ने ‘गालीगलौज’, ‘निन्दा भत्र्सना ’, ‘आरोप–प्रत्यारोप’ र ‘पार्टी विभाजन’जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुरा सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेको भन्दै विज्ञप्तिमार्फत चिन्ता पनि प्रकट गर्नुभएको छ । अन्तरपार्टी विवाद विधिसम्मत ढंगले हल गर्नुपर्ने मा बोहराको जोड छ ।

अन्तरपार्टी विवाद सञ्चालनका निकै राम्रा मार्क्सवादी परम्परा रहेको उल्लेख गर्नुहुँदै बोहराले विगतमा पार्टीमा उत्पन्न ठूलाठूला विवाद पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरण रहेको उल्लेख गर्नुभएको छ । ‘विधि र पद्धति पार्टीका प्राण हुन् । पद्धति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरू हामीले बुझेकै छौँ । तर, हामी किन पार्टी विधानअनुसार विधि–पद्धतिको पालना गर्दैनौँ ?, बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौँ, जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरू कुनै स्वार्थ छन् ? अनि हामीहरू किन नितान्त आत्मकेन्द्रित भएर सोच्दछौँ ?’विज्ञप्तीमार्फत आयोगका अध्यक्ष बोहराले प्रश्न गर्नुभएको छ ।

बोहराले कमीकमजोरीप्रति कम्युनिस्ट शैलीअनुरुप आत्मालोचना गर्न, पार्टी एकताका समयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीका धेरै निर्णय कार्यान्वयन गर्न, पार्टीका सम्पूर्ण निकाय अनुशासन आयोग, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागलगायत एकताका बाँकी काम छिटो सम्पन्न गर्न पनि आग्रह गर्नुभएको छ ।

विज्ञप्तीमा ३ महिना, १ महिना १५ दिन र १० दिनभित्र पूरा गर्ने भनेर भाखा राख्दै आए पनि २९ महिना बितिसकेको, विधानले एकैछिन पनि असंगठित राख्न नमिल्ने महत्वपूर्ण कमरेडहरू वर्षौँसम्म जिम्मेवारीविहीन रहेको, महत्वपूर्ण विषयलाई प्राथमिकतामा नराख्ने गरिएको र लामो रस्साकस्सी र विवादपछि समाधान हेतु कार्यदलले प्रस्तावका रूपमा ल्याएका विषय तथा २६ भदौ २०७७ को स्थायी कमिटी बैठकले कार्यान्वयनको निमित्त गरेको निर्णयसमेत आजपर्यन्त अलपत्र पारिएको भन्दै निर्णय कार्यान्वयन गर्ने तत्परता आवश्यक रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…