Logo बैशाख २, २०७८ बिहीबार


ओलीलाई साँझसम्म पर्खिने नआए औपचारिक बैठक

काठमाडौं । पार्टीको सचिवालय बैठक राख्न आग्रह गर्दै आउनुभएका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसहितका पाँच शीर्ष नेताले मंगलबारसम्म बैठकका लागि प्रधानमन्त्री तयार नभए औपचारिक बैठक बस्ने तयारी गरेका छन् । बैठकका लागि मंगलबार साँझसम्म ओलीलाई पर्खिने नआए औपचारिक बैठक बोलाउने नेताहरुको तयारी छ ।

प्रधामन्त्रीलाई बैठकका लागि आइतबार र सोमबार लगातार आग्रह गरेका नेताहरुले ओलीले त्यतातर्फको कुनै संकेत नगरेपछि औपचारिक बैठक बस्ने योजना बनाएका हुन । शुक्रबार धुम्बाराहीको अनौपचारिक बैठकपछि शनिबार लिखित अनुरोधपत्र बुझाएका नेताहरुले प्रधानमन्त्री ओली मंगलबार साँझसम्म पनि बैठकको मिति तोक्न सहमत हुने आशावादी देखिन्छन् । बैठकका लागि नेताहरुले ओलीबाट गरेका अपेक्षा पूरा हुने संकेत नदेखिएपछि बैठकको तयारी गरिएको देखिन्छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँगको छलफलमा मंगलबारसम्म औपचारिक बैठक तोक्ने विषयमा पर्खिँदा उपयुक्त हुने तर संकेत सकारात्मक नआए औपचारीक बैठक बस्नेबारे परामर्श गर्नुभएको छ । वरिष्ठ नेता झलनाथ खनालले पनि प्रधानमन्त्रीलाई बैठक बोलाउन दिइएको समय पर्खिने तर समय घर्किए त्यत्तिकै नबस्ने जनता समाचारलाई बताउनुभयो ।

पार्टीभित्रको राजनीति झन झन पेचिलो बन्दै गएपछि अध्यक्ष प्रचण्ड सहितका नेताहरुले मंगलबारसम्म प्रधानमन्त्रीलाई पर्खिने र परिस्थति सोचेअनुरुप नभए कसरी अघि बढ्ने भन्ने विषयमा पनि मंगलबार नै सल्लाह गरिने बताएका छन् ।प्रधानमन्त्री ओलीले भने पार्टीको विधानअनुसार नै बैठक बस्ने भन्दै महासचिव विष्णु पौडेलमार्फत अध्यक्ष प्रचण्डलाई सोमबार सन्देश पठाइसकेका छन् ।

पौडेलले प्रधानमन्त्रीले विधानअनुसार बैठक बोलाउन निर्देशन दिनुभएकोले १५ दिनभित्र सचिवालय बैठक बस्न सक्ने प्रचण्डलाई जानकारी गराउनु भएको छ । तर, प्रचण्डले भने प्रधानमन्त्री ओली पार्टी विधान, पद्धति मात्र नभई आफूसहितका नेताहरूको मानमर्दनमा झरेकाले मंगलबारसम्म पनि बैठक बोलाउन सहमत नभए बहुमतको औपचारिक बैठक बस्न बाध्य हुने जवाफ फर्काएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…