Logo बैशाख १, २०७८ बुधबार


कांग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना

कास्की । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

पार्टीका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा उहाँले गर्नुभएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । महामन्त्रीसँगै अन्य केन्द्र र जिल्लास्तरका नेता पनि केसीको निवासमा पुग्नुभएको थियो ।

नेपाल प्रेस युनियन कास्कीले पनि सुप्रेम शारदा पत्रकारिता पुरस्कारका संस्थापक केसीप्रति समवेदना व्यक्त गरेको छ । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले केसीका परिवारजनलाई समवेदनापत्र हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…