बीएस्सी, बीबीएस र बीएड चौथो वर्षकाे परीक्षा तालिका सार्वजनिक

काठमाडौं । कोरोना भाइरसका कारण रोकिएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का परीक्षा मंसिर २८ गतेबाट हुने भएको छ । विज्ञान तथा प्रविधि अध्ययन , व्यवस्थापन र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा मंसिर २८ बाट हुने भएको हो ।
यी सम्पूर्ण परीक्षाका तालिका समेत त्रिविले सार्वजनिक गरिसकेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
परीक्षा तालिकाः