Logo बैशाख १, २०७८ बुधबार


कसले गर्यो प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्याण्डलबाट असम्बन्धित ट्वीट ?

काठमाडौं । मंगलवार प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डलबाट एउटा असम्बन्धित ट्वीट भयो ।

ट्वीटमा पत्रकार मात्रिका पौडेलले नयाँ व्यवसाय गर्न लागेकोमा ओलीको तर्फबाट शुभकामना दिइएको थियो । प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डलबाट असम्बन्धित ट्वीट भएपछि सामाजिक सञ्जालमा प्रश्न उठेको थियो ।

ट्वीटमा दुबै कोरोना संक्रमित भएको र संक्रमणमुक्त भएपछिको भेटमा ती पत्रकारले खुशी हुने योजना सुनाउँदा दुबै जना दंग भएको उल्लेख गरिएको थियो । ट्वीटसहितको फोटोमा पत्रकार पौडेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फोटो रहेको छ । केपी शर्मा ओली’ नामको ट्वीटर ह्याण्डलबाट ट्वीट भएको उक्त ट्वीट अहिले भने हटाइएको छ ।

उक्त ट्वीट प्रेस सल्लाहकार थापाले गर्नुभएको खुलेको छ । तर कसरी प्रधानमन्त्रीको ट्वीटर ह्याण्डलबाट असम्बन्धित ट्वीट हुन पुग्यो भनेर भन्ने बारेमा थापाले केही प्रतिक्रिया दिनुभएको छैन । यसअघि राष्ट्रपतिको कार्यालय शितल निवासको औपचारिक ट्वीटर ह्याण्डल ह्याक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…