Logo बैशाख ५, २०७८ आइतबार


मुम्बई लगातार पाँचौंपटक आइपीएल च्याम्पियन

काठमाडौं । इन्डियन प्रिमियर लिग – आईपीएल २०२० को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । मंगलबार राती भएको फाइनल खेलमा साविक विजेता मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएसँगै उपाधि रक्षा गर्नुका साथै कीर्तिमानी पाचौँपटक विजय हात पारेको हो ।

योसँगै आईपीएलको इतिहासमा उपाधि रक्षा गर्ने दोस्रो टोली मुम्बई इन्डियन्स बनेको छ। यसअघि चेन्नई सुपर किङ्सले मात्र यो सफलता हात पारेको थियो ।

दिल्लीले दिएको एक सय ५७ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो। मुम्बईका कप्तान रोहित शर्माले सर्वाधिक ६८ रन जोडे। इसन किसनले ३३ र क्विन्टन डे कोकले २० रन बनाए। मुम्बईले ४५ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। रोहितले दोस्रो विकेटका लागि सुर्य कुमार यादबसँग ४५ र तेस्रो विकेटका लागि किसनसँग ४७ रनको साझेदारी गरेका थिए।

यसअघि टस जितेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५६ रन जोड्यो। दिल्लीका रिसभ पन्तले ५६ र श्रेयस अयरले ६५ रन बनाए। २२ रन जोड्दा तीन विकेट गुमाएको दिल्लीका लागि पन्त र अयरले ९६ रनको साझेदारी गरे। दिल्लीका मार्कस स्टोइनिस शुन्य, शिखर धवन १५ र अजिन्क्या रहाने २ रनमा आउट भए।

दिल्लीले अन्तिम दुई ओभरमा १४ रनमात्र जोड्न सक्यो। मुम्बईका ट्रेन्ट बोल्टले ३ र नाथन कुल्टर नाइलले दुई विकेट लिए। जयन्त यादबको नाममा एक विकेट रह्यो। पहिलोपटक सन् २०१० को संस्करणमा फाइनल पुगेको मुम्बई त्यतिबेला पराजित भएपनि त्यसयताका पाँचवटै फाइनल यात्रामा उसले उपाधि जितेको छ।

मुम्बईपछि सर्वाधिक उपाधि जित्ने टोलीका रुपमा चेन्नई सुपर किङ्स रहेको छ। उसले तीनपटक उपाधि जितेको छ। चेन्नईले सन् २०१० र २०११ मा लगातार उपाधि जितेको थियो। मुम्बईले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएलको उपाधि जितेको हो।

हालसम्म मुम्बई र चेन्नईबाहेक कोलकाता नाइट राइडर्सले दुई तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जस र राजस्थान रोयल्सले एक एकपटक उपाधि जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।