७० करोड अनियमितता प्रकरणमा प्रधानमन्त्री ओली समेत संलग्न रहेको आरोप

काठमाडौं । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप सार्वजनिक गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिमतामा प्रधानमन्त्री केपी शर्मा ओली समेत संलग्न भएको आरोप लगाएका छन् ।
जापानबाट फर्के लगत्तै जिल्ला अदालत काठमाडौंमा उनले पेस गरेको लिखित जवाफमा तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले डिल गरेको अनियमिततामा प्रधानमन्त्री ओली पनि संलग्न रहेको उल्लेख गरेका छन् । गाली बेइज्जती मुद्दाको लिखित जवाफमा मिश्रले यसपटक मात्र नभई अघिल्लो कार्यकालमा समेत प्रधानमन्त्री ओलीले अनियमितता गर्न सेक्युरिटी प्रेस प्रेस खरिदबारे मन्त्रिपरिषदबाट नीतिगत निर्णय गरेको दाबी गरेका छन् ।
मिश्रमाथि तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले गाली बेइज्जती गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । तत्कालीन एमाले माओवादी गठबन्धनको सरकार रहेकामा २०७३ असार साउनमा माओवादी काँग्रृससँग गठबन्धन बनाएको थियो ।
ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि हतार हतार सुरक्षण विकास समिति गठन गर्नुमा अनियमिमतता गर्ने उदेश्य रहेको आरोप मिश्रले लिखित जवाफमै लगाएका छन् ।