Logo बैशाख २, २०७८ बिहीबार


२ करोडमाथि लागतमा विश्वकै अग्लो त्रिशुल निर्माण हुँदै

भक्तपुर । जिल्लामा विश्वकै अग्लो त्रिशुल निर्माण हुने भएको छ । चागुँनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक महत्वको दोलागिरी पर्वतमा अवस्थित मुलकोटगढी महाँकाल त्रिशुलडाँडामा त्रिशुल स्थापना गरिने भएको हो ।

महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले त्रिशुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जानकारी नगरपालिकालाई समेत गराएको छ । कुल २ करोड ७० लाख रुपैयाँ लागतमा विश्व शान्ति राष्ट्र कल्याण हेतुले निमार्ण हुन लागेको त्रिशुलको लम्बाई जमिनको सतहबाट एक सय फिट उचाईको हुने छ भने जमिन मुनि करिब साढे आठ फिट हुने छ ।

भित्रिभागमा फलाम र बाहिरी भागमा तामाको धातुले निमार्ण हुन लागेको त्रिशुलको तल्लो भागमा करिब १ सय ५० जना सम्म अट्न सक्ने ध्यान केन्द्र समेत निर्माण हुने समितिका अध्यक्ष श्रीकृष्ण खड्काले जानकारी दिनुभयो ।

उहाँले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका माथि आक्रमण गर्ने क्रममा सो स्थानमा मुल गढी भएको कारण पनि मुलकोटगढी सांस्कृतिक र धार्मिक एवं ऐतिहासीक महत्वको भएको बताउनुभयो । त्रिशुलको शिलान्यास मंसिर २२ गते हुने छ भने करिब ९ महिनामा निमार्ण सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…