Logo फाल्गुन १६, २०७७ आइतबार


देउसी भैलो खेल्न बन्देज

चितवन । यहाँ तिहार समयमा देउसी भैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले देउसीभैलो खेल्न रोक लगाएको हो । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको १४ बुँदे सुरक्षा योजनाअन्तर्गत बुँदा नम्बर ३ मा भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायतका क्रियाकलाप सञ्चालन नगर्न अनुरोध गरिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेधाज्ञा लागू नभए पनि महामारी नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

आवागमन तथा जमघटले कोरोना संक्रमण उच्च हुने जोखिम रहेकाले चाडपर्व मनाउँदा एकाघरमा बसेर मनाउन पनि शर्माले आग्रह गर्नुभएको छ । उहाँका अनुसार घरदैलोमै पुगेर खेलिने देउसीभैलोका कारण संक्रमणको जोखिम बढ्ने हुनाले देउसीभैलो खेल्न पूर्णरुपमा रोक लगाइएको हो । प्रशासन कार्यालयले पटाका, आतसबाजीलगायतका विष्फोटक पदार्थ ओसारपसार तथा प्रयोग नगर्नसमेत अनुरोध गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी शर्माले सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइने बताउनुभयो । निर्देशन अटेर गर्नेलाई स्थलगत कारवाही गरिने र जुवातास, चिट्ठा खेल्नेलगायतका गतिविधिमा समेत निगरानी राखिने जानकारी दिनुहुँदै उहाँले कोरोनाको जोखिम बढ्दो रहेकाले सबैले घरघरमा बसेर पर्व मनाउन आग्रह गर्नुभयो ।

जिल्लामा हालसम्म ५ हजार १० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३ हजार ३ सय १४ जना निको भएर घर फर्किसकेका छन् भने ७६ जनाले ज्यान गुमाउनु परेको छ । हाल १ हजार ६ सय २१ सक्रिय संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।