Logo बैशाख २, २०७८ बिहीबार


शुद्ध तेलका लागि परम्परागत ‘कोल’ को प्रयोग बढ्यो

डोटी । यहाँका ९ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत ‘कोल’ को प्रयोग हुने गरेको छ । कोलमा पेलेको तेल शुद्ध हुने भएकाले यसको प्रयोग बढेको हो । धार्मिक कार्यमा बढी प्रयोग हुने कोलमा पेलेको तेललाई पछिल्लो समय बजारमा पाइने तेलले विस्थापीत गर्ने खतरा भने बढेको देखिन्छ ।

तोरी पेल्न जताततै विद्युतीय मिल सञ्चालनमा आउन थालेपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलकै प्रयोग गर्ने गरेको पाइन्छ । सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परम्परागत कोलको प्रयोग हुने गरेको छ ।

स्थानीयवासी प्रकाश बमका अनुसार आधुनिक मिलका कारण कोलअधिकांश ठाउँमा बन्द भइसके गाउँघरमा भने अहिले पनि चलिरहेका छन् । आधुनिक मिल भन्दा कोलमा पेलेको तेल सफा, शुद्ध र राम्रो उहाँको भनाइ छ ।

नयाँ पुस्ताले कोललाई बिर्सिदैँ गएको भए पनि कोलबाट पेलिने तेल निकै अर्ग्यानिक, शुद्ध र पौष्टिक हुने भएकोले गाउँघरमा विवाह, ब्रतबन्ध र खान पकाउनका प्रयोग बढेको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले कोललाई प्रोत्साहन गर्नेगरी कार्यक्रम अघि बढाइने पनि जानकारी दिनुभयो ।

ठूलो काठ तथा ढुंगामा ठाडो काठलाई राखेर त्रिकोणात्मक बनाई ३ देखि ४ जनाले एकै चोटी हातले धकेलेर कोलमा तोरी पेल्ने गरिन्छ । यसलाई पश्चिम नेपालका केही भागमा कोलु पनि भन्ने गरिन्छ । पछिल्लो समय गाउँमा विद्युतबाट सञ्चालन हुने मिलको प्रयोग बढे पनि स्थानीयवासीले कोलमै तोरी पेल्न रुची राख्ने गरेको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताउनुभयो ।

कोलमा दिनमा कम्तीमा पनि १० देखि २० लिटर सम्म तोरीको शुद्ध तेल निकाल्न सकिन्छ । पछिल्लो समय कोरोना महामारीका कारण भारतबाट आफ्नो रोजगारी छोडी गाउँ आएकाहरुले बन्द भएका कोल पुनः सञ्चालन गर्न थालेपछि यसको प्रयोग फेरि बढ्ने देखिएको छ । बोगटान फुड्सिल गाउँपालिका वडानम्बर ४ का हर्कबहादुर बमले गाउँमा पुराना कोल र पानी घट्टमा विस्तारै मानिसको रुची बढेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।