Logo बैशाख ५, २०७८ आइतबार


पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिता स्थगित

 सिन्धुपाल्चाेक । पाँचपोखरी क्रिकेट क्लबले यस वर्षको चौथो जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिता -२०७७ स्थागित गरेको छ । यस क्लबले विगतका वर्षहरुदेखि नियमित रुपमा आयोजना गर्दै आएको जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिताको चौथोे जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर डुक क्रिकेट प्रतियोगिता -२०७७ स्थागित हो ।

क्लबले एक विज्ञप्ति निकालेर कोरोना महामारीका कारण यस्ता सामुहिक रुपमा हुने प्रतियोगिता आयोजना नगर्न नगराउन नेपाल सरकारले सूचना समेत जारी गरेको हुनाले स्थगित गरिएको पाँचपोखरी क्रिकेट क्लबका अध्यक्ष उत्सव धितालले जानकारी दिनुभयो । यस प्रतियोगिता सम्पन्न गर्न प्रतिबद्ध पाँचपोखरी थाङपाल गाँउपालिका, विभिन्न संघसंस्था एवम् ईस्पोन्सर महानुभावहरुलाई क्लबले हार्दिक धन्यवाद व्यक्त गरेको छ भने साथ र सहयोगको अपेक्षा समेत गरेको विज्ञप्तिमा जनाइएकाे छ ।

क्लबले यस प्रतियोगिता कोरोना माहामारीको प्रभाव कम भई कार्यक्रम आयोजना गर्न नेपाल सरकारबाट अनुमात प्राप्त भएपछि पुनः सञ्लन गरिने पाँचपोखरी क्रिकेट क्लबका सचिव अजय धितालले बताउनुभयो । साथै पूर्ण स्वास्थ्य सचेतना अपनाई कोरोना महामारीबाट आफू बच्न र अरुलाई बचाउन क्लबले आह्वान पनि गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।