Logo बैशाख १, २०७८ बुधबार


काेराेना कहर : दिपावली र छठका सामान बिक्री ठप्प

प्रमोद कुमार साह
धनुषा । तराई मधेशकै ठूलो पर्वहरु दिपावली र छठ पर्व नजिक रहेको बेला पूजामा प्रयोग हुने सामान किन्नका लागि उपभोक्ताहरु बजारै नआएपछि खुद्रा फुटपाते व्यवसायीहरुको दिपावली यसवर्ष खल्लो हुने देखिएको छ । दिपावलीको तीन दिन मात्रै बाँकी रहेको समयमा लक्ष्मीपूजामा प्रयोग हुने माटो निर्मित दियोदेखि लिएर मिठाई नैवेध समाग्रीहरु किन्नका लागि उपभोक्ताहरु बजार छिर्न सकेका छैनन् ।

कोरोना महामारीको सन्त्रासले उपभोक्ता बजारनै नआएपछि सोचेभन्दा पनि कम कारोबार भएको  व्यवसायीहरुको भनाइ छ । लक्ष्मीपूजामा प्रयोग हुने नैवेध सामग्रीको व्यापार गर्ने फुटपाते व्यवसायी सन्तोष साहका अनुसार हरेक वर्ष दिपावलीको समयमा बीसदेखि तीस हजारको बिक्री हुदै आएको यसवर्ष एक हजारको पनि कारोबार नभएको दुखेसो पोखे । कोरोना सन्त्रासले उपभोक्ताहरु बजार नै नआएपछि यसवर्षको व्यवसायले दिपावली जेनतेन मनाउने उनकाे भनाइ छ ।

लक्ष्मीपूजाको आगमनसँगै लक्ष्मी अंकित कागजको तस्बिरदेखि लिएर धातु सम्मको भगवानको बिक्री यस वर्ष केही कारोबार नभएको फोटो व्यवसायी माला देवीले बताईन् । दिपावलीको तीन दिन रहेको समयमा अघिल्लो वर्ष दस हजार सम्मको कारोबार भइसकेको हुन्थ्यो तर यस वर्ष आफनो घरमा दिपावली मनाउनका लागि पनि कारोबार नभएको दुखेसो उनकाे छ ।

वर्षौदेखि माटोको भाँडाकुडाको व्यवसाय गर्दै आएका भाँडा व्यवसायी राम साह आफनो यस वर्षको लाखौको लगानी त्यसै खेर गएको वताउँछन् । दिपावलीमा चाइनीज दियोले समस्या दिएकै थियो तर यसवर्ष हजार रुपैयाको पनि माटो निर्मित दियोको बिक्री नभएको उनकाे भनाइ छ । अन्य वर्ष दिपावलीको दिन सम्ममा लाखौको कारोबार हुन्थ्यो तर यस वर्ष महामारीको कहरले आफनो व्यवसाय घाटामा गएकाे उनले बताए ।

आधा वर्षदेखि ठप्प रहेको जनकपुरधामको व्यापार व्यवसाय चाडपर्वको समयमा फस्टाउने आँकलन गरिएपनि यस वर्ष कोरोना महामारीले सिजनली व्यवासय गरेर गुजारा गर्दै आएकाहरुलाई पनि समस्यामा पारेको छ । कोरोनाले मुलुक अस्तव्यस्त रहेको समयमा ठूलोदेखि सानो व्यवसाय पनि धराशायी हुने अवस्थामा पुगेकाले सरकारले यसप्रति ध्यान केन्द्रित गर्नु अति आवश्यक रहेको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…