तीन दिनको फरकमा संक्रमित श्रीमान–श्रीमतीको मृत्यु

सुनसरी । कोरोना भाइरस संक्रमणबाट धरानमा श्रीमान–श्रीमतीकै मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१४ का ६७ वर्षीया महिला र ७४ वर्षीया उनका श्रीमानको मृत्यु भएको हो ।
कोरोना संक्रमित ती महिलाको सोमबार मृत्यु भएको थियो भने बुधबार बिहान उनका श्रीमानको मृत्यु भएको छ । उपचार गरेर घर फर्काइसकेपछि महिलाको मृत्यु भएको थियो भने उनका श्रीमानको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको बताइएको छ ।