Logo बैशाख ३, २०७८ शुक्रबार


‘सन् २०३५ सम्ममा चीन युगकै समाजवादी मुलुक’

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको केन्द्रीय कमिटी बैठकले चीनलाई आगामी १५ वर्षमा आधुनिकीकरण गर्नका लागि महत्वपूर्ण मार्ग निर्देश गरेको छ ।

चीनलाई आधुनिक उन्नतिको मार्गमा लैजान बैठकले दीर्घकालीन योजना अघि सार्दै चिनियाँ आन्तरिक बजारलाई बलियो बनाउने नीति लिएको छ । आधुनिकीकरणको नीति पूर्ण रुपमा कार्यान्वयन गरी सन् २०३५ सम्ममा चीनलाई यस युगको समाजवादी मुलुक बनाउने पनि लक्ष्य राखिएको छ ।

यी लक्ष्य प्राप्तिका लागि आगामी पाँच वर्षसम्म सीपीसी र चिनियाँ सरकारले संयुक्त रुपमा काम गर्ने गरी दुई पक्षीय कार्ययोजना लागू गरिने भएको छ । पञ्च वर्षीय योजनाको माध्यमबाट चीनलाई आगामी १५ वर्षमा आर्थिक र प्राविधिक दृष्टिले बलियो, राष्ट्रियतामा सशक्त बनाई विश्वकै नेतृत्वदायी मुलुक बनाउने पार्टीको योजना छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको योजना प्रस्तुत गर्दै महासचिव एवं राष्ट्रपति सी चीन फिङले चौधौं पञ्च वर्षीय योजनाले सन् २०२५ सम्ममा आर्थिक र सामाजिक विकासको दीर्घकालीन लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा प्रस्तुत योजना अनुसार यस वर्ष चिनिया ग्राहस्थ्य उत्पादन १ सय ट्रिलियन युआन पुग्ने अपेक्षा गरिएको छ । चिनियाँ उत्पादनको स्तर वृद्धि गरी आगामी ५ वर्षमा चिनिया अर्थतन्त्रलाई स्वस्थ र स्थिर बनाइने पनि योजनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…