Logo बैशाख १, २०७८ बुधबार


भारतको विहारमा वामपन्थी पार्टीको पुनरोदय, १६ सिटमा निर्वाचित

काठमाडौं । भारतको विहारमा सम्पन्न विधानसभा निर्वाचनमा यसपटक उल्लेख्य सिटमा वामपन्थी उम्मेदवारहरु निर्वाचित भएका छन् ।

वामपन्थी पार्टीहरुले उम्मेद्वार उठाएका अधिकांश स्थानमा जित हासिल गरेका छन् । तेजस्वी यादवको महागठबन्धनमा सामेल तीनवटा वामपन्थी पार्टीहरूले कुल २९ वटा सिटमा उम्मेद्वार उठाएका थिए । जसमा १६ वटा सिटमा जित हासिल गरेका छन् ।

सन् १९९५ को विहार विधानसभामा नीतिशकुमारले लालू यादवसँग अलग भएर समता पार्टी गठन गरेका थिए । नीतिशकुमारले उक्त समयमा सीपीआई एमएलसँग आफ्नो राजनीतिक जीवनको पहिलो गठबन्धन बनाएका थिए । त्यतिबेला ३१० सिटमा उठेको समता पार्टीले जम्मा ७ सिट जित्यो भने बचेखुचेका स्थानमा उम्मेद्वारी दिएको सीपीआई एमएलले ६ सिट जित्यो ।

त्यसको २५ वर्षपछि यतिबेला सीपीआई (एमएल) नीतिशकुमार विरुद्धको गठबन्धनमा सामेल भएको छ । देशकै ठूलामध्येको पार्टी कंग्रेस आई २० सिटमा समेटिएको विहारको विधानसभा निर्वाचन २०२० मा वामपन्थी पार्टीहरूले १६ सिटमा जित हात पारेका छन्।  सीपीआई (एमएल) ले यतिबेला १९ स्थानमा उम्मेद्वारी दर्ता गराएकोमा १२ सिट जितेको छ । यससँगै सीपीआई र सीपीएमले पनि दुई–दुईवटा सिटमा जित हासिल गरेका छन् ।

यसलाई बीबीसी हिन्दीले वामपन्थी पार्टीको पुनरोदय भनेको छ । भारतको बंगाल र केरल राज्यपछि बिहार वामपन्थी विधायकको संख्या धेरै भएको तेस्रो राज्य भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…