Logo बैशाख ५, २०७८ आइतबार


काभ्रेमा नेपाली काँग्रेसका १६८ जना एकैदिन नेकपामा प्रवेश

काभ्रे । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा नेपाली काँग्रेस र विभिन्न पार्टी परित्याग गरि १६८ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

मंगलबार नेकपा महाभारत गाउँ पार्टीले आयोजना गरेको चियापान, शुभकामना आदनप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपाका केन्द्रीय सदस्य, वागमती प्रदेश सह–इनचार्ज तथा पूर्व मन्त्री हितबहादुर तामाङले स्वागत गर्नुभएको थियो ।

नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रेवश हुनेमा गत स्थानीय तहमा नेपाली कांग्रेसबाट वडाध्यक्षका लागि उम्मेदवार समेत रहेका पदमध्वज तामाङ, १० बर्षसम्म प्रधानपन्च चलाएका शम्भुकुमार राना, वडा उपसभापति कुलमान घिसिङ लगायत १६८ जना रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले नेकपामा प्रवेश गर्ने नव प्रवेशीहरुलाई नेकपाले लिएको समृद्धिको अभियानमा जोडिएकोमा धन्यवाद दिंदै स्वागत गर्नुभयो । उहाँले नवप्रवेशीहरुलाइ पार्टीले उचित जिम्मेवारी समेत दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।