कलंकीमा ट्रकले ठक्कर दिँदा बिहानै ३ को मृत्यु

काठमाडौं । कलंकीमा ट्रकको ठक्करबाट तीन जनाको ज्यान गएको छ । बिहिबार बिहान मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो।
ठक्कर दिने ट्रकमा रहेका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामाङ, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम नखुलेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराले बताउनुभयो । घाइते बनेका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको समेत प्रहरीले जनाएकाे छ ।