Logo असार ४, २०७८ शुक्रबार


चिया उत्पादनमा मौसमको साथ, मूल्य बढ्दा किसान हर्षित

इलाम । सिजनको अन्त्यमा मौसम अनुकुल बनिदिँदा चियाको उत्पादन बढेको छ। किसानले विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन) को चिया उत्पादन बढेको बताएका हुन। गएको वर्षमा जस्तो पानी नपर्दा चिया पलाउन सहज भएकाले उत्पादनमा अपेक्षाकृत बढेको उनीहरूकाे भनाइ छ ।

उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ । अन्य ‘सिजन’ मा हरियो पत्ती चियाको प्रतिकिलो ३० देखि ४० मूल्य दिने उद्योगी व्यवसायीले मूल्य बढाएर ५० पुर्याएपछि किसानमा उत्साह थपिएको हो ।

सूर्योदय नगरपालिकाका चिया किसान डम्बर कटुवालका अनुसार भदौसम्म पानी परे पनि नयाँ सिजन (अटम) मा मौसम राम्रो भएकाले उत्पादन बढेको हो । उद्योगीले पनि चियाको मूल्य बढाउँदा आम्दानी राम्रै हुन थालेको कटुवालको भनाइ छ । उहाँका अनुसार यस वर्ष दोब्बर चिया उत्पादन भएको छ ।

यो वर्ष विगतका वर्षमा जस्तो चियामा रोग पनि नदेखिएकोले किसानले धेरै लगानीसमेत गर्न नपरेको कटुवालले जानकारी दिनुभयो । इलाम नगरपालिकास्थित साँखेजुङका उद्योगी टंक दाहालले चियाको उत्पादन बढेसँगै कारखानामा चिया धेरै आउन थालेको बताउनुभयो ।

गएका वर्षमा पानी नै पानी परेको चिया उद्योगमा आउने गरे पनि यसपटक गुणस्तरीय चिया आएकाले चियाको तौल पनि बढेको दाहालको भनाइ छ । ‘चियाको यस वर्षको अन्तिम सिजन नै यति बेला भएकाले किसान र उद्योगीले मुख्य फाइदा लिने समय पनि हो’ , उहाँले भन्नुभयो ।

अन्तिम सिजनको चिया गुणस्तरीय हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो मूल्यमा बिक्ने व्यापारीहरु बताउँछन् । यो सिजनको चिया अबको १५ देखि २२ दिनसम्म रहने र त्यसपछि चियाको काँटछाट र गोडमेलको सिजन शुरु हुने किसानको भनाइ छ । किसानहरुका अनुसार मुख्य सिजन भएकाले पनि स्याहारसुसार गर्न यो बेला केही समय चियामा लाग्ने गर्दछ ।

चिया उत्पादनका लागि सिजनको शुरुवातमा आन्दोलनका कारण उल्लेखनीय फाइदा लिन नसकेका किसानलाई यो सिजनले भने केही राहत पुगेको किसानहरुले महशुस गरेका छन् । अन्तिम सिजनको चिया टिपेको करिब ४ महिनापछि मात्र चिया टिप्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…