Logo बैशाख ५, २०७८ आइतबार


पर्वतमा देउसी भैलो खेल्न नपाइने

राजन पौडेल
पर्वत । जिल्लाले देउसी भैलाे खेल्न रोक लगाएको छ । बढ्दो संक्रमण नियन्त्रणका लागि जिल्ला  प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो । पैंयु, महाशीला, मोदी, जलजला गाउँपालिका लगायतका स्थानीय तहहरुले सुचना जारी गर्दै  महामारी दिन प्रतिदिन समुदायस्तरमा फैलदै गएको भन्दै सचेत हुन आग्रह गरेका छन्।

महामारीका बेला भिडभाड हुने र एक अर्का घरमा जाने जस्ता कार्यक्रम गर्दा संक्रमण झन् फैलन सक्ने भन्दै देउसी भैलोका कुनैपनि कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेर निर्देशन दिएको हो ।

त्यसैगरी, चाडपर्व आफ्नो परिवारका सदस्यबीच मात्र मनाउन, भोजभतेर नगर्न समेत आग्रह गरेको छ भने  यस्ताे बेला कुनै मेला महोत्सव नगर्न समेत प्रशासनले सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।