Logo बैशाख २, २०७८ बिहीबार


आजदखि यमपञ्चक शुरु, भोलि काग तिहार

काठमाडौं । आजदेखि नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शुरु  शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीबाट यमपञ्चक शुरु भएपनि काग तिहार भने शुक्रबार (भोलि) मात्रै परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बिहीबार साँझबाट यमदीप दान शुरु हुने बताउनु भएको छ । यो पटक यमदीप दान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको उहाँले जानकारी दिनुभयो । तिथिको घटबढले यस्तो भएको उहाँको भनाइ छ ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमले सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको प्रष्ट पार्नुभयो ।

उहाँले धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेको जानकारी दिनुभयो । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने र धनतेरसको दिन भाँडाकुँडा किने लक्ष्मीको बास रहने धार्मिक विश्वास रहँदै आएको छ ।

शास्त्रीय विधिअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने गरिन्छ । कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । याे पटक कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…