Logo माघ ९, २०७७ शुक्रबार


५ लाखसहित २४ जुवाडे पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाखसहित २४ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार राति भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट पाँच लाख १७ हजार एक सय ७५ सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ भने जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।

जसपा नेता राजेन्द्र महताेले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न ओलीले प्रतिगमनको बाटो अपनाएको आरोप लगाउनुभएको छ ।

बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुआत पनि गरेको छ ।

सम्मानित हुनेहरुमा प्रख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुइतसहित नेत्र विशेषज्ञहरु प्राडा रामप्रसाद पोख्रेल र डा गोपालप्रसाद पोख्रेल हनुहुन्छ ।

गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार क्षेत्रभित्र पर्ने हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख छ…