Logo बैशाख २, २०७८ बिहीबार


पर्यटनकाे आकर्षक केन्द्र ‘रत्न मन्दिर’ प्रयाेगविहीन अवस्थामा

कास्की । पर्यटकीय नगरी पोखरा स्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर र हिमागृह लामो समयदेखि बन्द रहेका छन् । पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने रत्न मन्दिर (दरबार)लाई प्रयोगमा ल्याउने प्रयास गरिएपनि सफल हुन नसकेको प्रदेश सरकारले बताएको छ ।

तत्कालिन राजा महेन्द्रले आफ्नो कान्छी श्रीमती रत्नलाई खुशी पार्न २०१३ सालमा निर्माण गरेको रत्न मन्दिर हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ । २०६४ सालमा ट्रष्टको स्वामित्वमा आएदेखि यो भवन प्रयोगमा आउन सकेको छैन । यो बीचमा रत्न मन्दिरलाई व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने प्रयास नेपाल ट्रष्टले नगरेको होइन । तर विशेष गरी पोखराका पर्यटन व्यवसायीको तीव्र विरोधपछि यो निर्णयबाट ट्रष्ट पछि हटेको देखिन्छ ।

हिमागृह र रत्नमन्दिर क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न ट्रष्टसँग आह्वान गरिएको तर लिज सम्झौतामा प्रयोग गर्न दिने समझदारी भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बताउनुभयो । ट्रष्टको नाममा रहेका यस्ता क्षेत्र प्रयोगमा ल्याउन प्रदेश सरकारले प्राविधिक कार्यदल निर्माण गरी छलफललाई अगाडि बढाइएको पनि मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

एक सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार क्षेत्र तत्कालिन राज परिवारले पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमणको क्रममा बस्ने र आराम गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका थिए । यो दरबार क्षेत्रलाई प्रयोगमा ल्याउन सके पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने बुझाई प्रदेश सरकारको रहेको पनि मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…