Logo बैशाख १, २०७८ बुधबार


सुदूरपश्चिममा कृषि अनुसन्धान केन्द्र स्थापनाकाे तयारी

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको तयारी थालेको छ । खेतीयोग्य जमिन बाँझो राख्ने तथा खण्डीकरण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले प्रदेशमा कृषि गतिविधि सञ्चालन गरिन लागेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया शुरु भएको हाे ।

नेपालमा किसानहरुले मलखाद र सहज रुपमा बिउ बिजन पाउन सक्ने अवस्था छैन । धान रोप्नुभन्दा पहिले नै नेपालमा युरिया मल ल्याइसक्ने सरकारी तयारी धान काटेर गहुँ रोप्ने बेलासम्म पनि आइनपुग्नु यसको उदाहरण हो । यद्यपी सरकारले गत सोमबार मात्रै जीटुजी माध्यमबाट बंग्लादेशसँग मल किन्ने निर्णय गरेको छ । सरकारले समयमा आवश्यक बिउ बिजन उपलब्ध गराउन नसक्ने तथा कृषकहरुले समेत आवश्यक तालिम पाउन नसक्दा कृषि क्षेत्रमा सोचे अनुरूप उपलब्धि हुन सकेको छैन । यो अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउन लागेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ आइबिआरडी बजार नजिक रहेको राष्ट्रिय आवास कम्पनीका नाममा रहेको ७४ बिघा जमिनमा कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र स्थापनाको प्रक्रिया शुरु भएको हो । अनुसन्धान केन्द्र स्थापना भएपछि सुदूरपश्चिममा कृषि क्षेत्रको विकास हुने कृषि व्यवसाय, प्रवर्द्धन तथा सहयोग तालिम केन्द्र कञ्चनपुरका प्रमुख टिकाराम थापा बताउँनुहुन्छ ।

प्रदेश सरकार र स्थानीय तहबीच समन्वयन भएर नै अनुसन्धान केन्द्र निर्माण गरिने भएको हो । प्रदेशले अगाडि सारेको कृषि अनुसन्धान, प्रसार र शिक्षा केन्द्र बनाउने योजनाले सुदूरपश्चिम प्रदेशलाई नै फाइदा पुग्ने पूनर्वास नगरपालिकाका प्रमुख जीवन थापाले बताउनुभयो । केन्द्र स्थापना भएपछि रोजगारी सिजर्ना हुने र स्थानीयहरुलाई प्रत्यक्ष रुपमा फाइदा हुने उहाँले बतानुभयो । प्रदेशभरी नै बिउ बिजन उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले पटक पटक टेण्डर आह्वान गर्दा पनि सहज रुपमा मल र बिउ बिजन उपलब्ध नहुने समस्याको समाधान हुने बताउनुभयो ।

स्थानीय कृषकहरु भने आफ्नै क्षेत्रमा गुणस्तरिय बिउ बिजन र मल उत्पादन हुने भएपछि खुसी भएका छन् । सीमावर्ती क्षेत्र भारतबाट गुणस्तरहिन बिउ र मल ल्याएर प्रयोग गर्दै आएका किसानहरुले सरकारी योजनाको स्वागत गरेका छन् । समयमा बिउ नपाइने र भारतबाट ल्याएको बिउ र मल गुणस्तरहिन हुने समस्या गरेकोमा अध्ययन केन्द्र स्थापना भएपछि सहज हुने किसानहरुको भनाइ छ ।

अध्ययन केन्द्र स्थापनाका लागि व्यवस्थापन समिति गठन गरी निर्देशिका समेत तयार पारिएको छ । सुदूरपश्चिम प्रदेशमा कृषि अनुसन्धानका लागि अहिलेसम्म कुनै व्यवस्था नभएकोमा यहाँ सो केन्द्र स्थापना भए कृषि अनुसन्धान पनि गरिने छ । केन्द्र सञ्चालनमा स्थानीय स्तरमा रोजगारी सिवर्ना हुने छ । किसानको दैनिकीसँग जोडिएको यो केन्द्र चाँडो स्थापनामा सबैको सहकार्य हुनुपर्छ । उसोे त यस अघि पनि यस्ता नीति र कार्यक्रम भने नआएका होइनन् तर कार्यान्वयनमा सरोकारवालाहरुको ध्यान केन्द्रित नहुँदा प्रभावकारी हुन सकेका छैनन् । यसतर्फ भने सबैको ध्यान जान जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…