Logo बैशाख २, २०७८ बिहीबार


पटाका पड्काउँदा सल्किएकाे आगोबाट १४ लाख बराबरकाे क्षति

विद्यानन्द राम
सप्तरी ।  पटाका पड्काउँदा सल्किएकाे आगोबाट १४ लाख बराबरकाे क्षति भएकाे छ ।  डाक्नेश्वरी नगरपालिका–३ तरहीमा केटाकेटीले पड्काएको पटाकाले मुखिया टोलमा भएको आगलागीमा करिब १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हाे ।

बतही देवी मुखियाको घरबाट शुरु भएको आगो सल्केर राजकुमार मुखिया, रामरुप मुखिया, नरेश मुखिया, राज मुखिया र मुकेश कुमार मुखियाको घर जलेको ईलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

राजकुमारको घरमा मात्रै ६ लाख ५० हजार रुपैयाँको धनमाल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय पातोका असई प्रमेश्वर पासवानले जानकारी दिनुभएको छ ।

यसैगरी, बतहीको ४७ हजार रुपैयाँ, रामरुपको १ लाख ५० हजार रुपैयाँ, नरेशको ३ लाख रुपैयाँ, राजको २ लाख रुपैयाँ र मुकेशको २ लाख २० हजार रुपैयाँको धनमाल जलेर क्षति भएको छ । प्रहरी र स्थानीयवासिन्दाको सहयोगमा आगो निभाइएकाे स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।