Logo बैशाख १, २०७८ बुधबार


स्थानीय तहमा चार अर्ब बेरूजु

काठमाडाैं । महालेखा नियन्त्रकको कार्यालयले गत आर्थिक वर्षमा करिब साढे ११ अर्ब बेरुजु देखिँदा स्थानीय तहहरुमा मात्र ४ अर्ब २२ करोड ४२ लाख रुपैयाँ बेरुजु देखिएको जनाएको छ ।

आन्तरिक लेखा परीक्षणमा सरकारको ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ बेरुजु देखिएको हो । यो कुल बजेट निकासको तुलनामा एक दशमलव शुन्य चार प्रतिशत हो ।

अर्थमन्त्री विष्णु पौडेललाई कार्यालयले बुझाएको आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन अनुसार ७ सय ५३ स्थानीय तहमा ४ अर्ब २२ करोड ४२ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

यसरी मनपरी खर्च गर्ने दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । जसको एक अर्ब ८४ करोड ४ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

यसैगरी, गत आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयमा एक अर्ब ५२ करोड २ लाख रुपैयाँ बराबरको बेरुजु देखिएको छ । महालेखाका अनुसार रक्षा मन्त्रालयमा ९८ करोड ९० लाख, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ६० करोड ६ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

कोषले अर्थमन्त्रीलाई आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउन आवश्यक कदम चाल्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…