Logo फाल्गुन २१, २०७७ शुक्रबार


आज यमपञ्चककाे दोस्रो दिन, कागको पूजा गरिँदै

काठमाडौं । आज कार्तिक कृष्ण त्रयोदशी यमपञ्चकको दोस्रो दिन कागको पूजा गरेर मनाइँदै छ । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँन्छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबारलाई यो पर्व निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भन्ने प्रचलनसमेत छ । काग घरवरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । लोकमा उक्ति छ– ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दहीभात मीठो लाग्छ । आजको दिन कागलाई दहीभात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसै गरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।