७८ लाखकाे लागनीमा तरकारी संकलन केन्द्र निर्माण

चितवन । जिल्लामा तरकारी संकलन केन्द्र निर्माण भएको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज संकलन र बिक्रीका लागि इच्छाकामना गाउँपालिकाले केन्द्र निर्माण गरेको हो ।
किसानलाई उचित मूल्य दिलाउने र भिडभाड कम हुने गरी व्यवस्थापनका लागि ७८ लाखको लगानीमा संकलन केन्द्र निर्माण गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो ।