Logo बैशाख ६, २०७८ सोमबार


रावलको “तिहारको बेलैमा” सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायक गणेश जंग रावलको तिहार गीत सार्वजनिक भएको छ । निर्देशक तथा कलाकार रावलको “तिहारको बेलैमा” बोलको गीत बिहीबार सार्वजनिक भएको हो ।

गणेश जंग रावल, सुवास तिमल्सिना र जेनि थापाको युगल स्वर रहेको गीतमा शब्द संकलन सिखा सिटौला र दिपक भट्टराईले गर्नु भएको हो भने गणेश जंग रावल र सुवास तिमल्सिनाको संगीतमा बबिन दुलालको छायांकन रहेको छ । बिल्कुलै आधुनिक भाकामा सजिएको गीतको सम्पादन धिरज अधिकारी र एरेन्ज मिक्सिङ मास्टरिङ प्रज्वल कंडेलले गर्नु भएको हो ।

थुप्रै गीत तथा फिल्मको निर्देशनमा दर्शकस्रोताको मन जितीसक्नुभएका रावलको तिहार गीत पनि सबैको मनमा बस्नसक्ने उहाँको भनाइ छ । “तिहारको बेलैमा” गीत भेडापानी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

भिडियो

प्रतिक्रिया दिनुहोस्
विशेष

लक्ष्ण हेर्दा काेराेना संक्रमण भएकाे हुन सक्ने भएकाले कोरोना जाँचका लागि स्वाब संकलन गरी परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाउने…

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…