Logo बैशाख २, २०७८ बिहीबार


‘सरकारले काेराेना संक्रमित सञ्चारकर्मीकाे निशुल्क उपचार गर्छ’

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम पारिश्रमिक लागु गराएरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हक हित प्रवर्द्धन तथा संरक्षण समितिका पदाधिकरीहरुसँगको भेटमा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो।

मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै सञ्चारमाध्यममा देखिएका समस्या र श्रमजीविहरुले भोग्नुपरेका समस्या समाधानका लागि काम गरिरहेको उहाँले बताउनुभयो । मिडिया सञ्चालकहरु न्यूनतम पारिश्रमिक लागु गराउन सकारात्मक रहेको उल्लेख गर्दै उहाँले श्रमजीविहरुले पनि आचारसंहिता भित्र रहेको आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । कोराेनाबाट संक्रमित सञ्चारकर्मीहरुको सरकारले निशुल्क र प्राथमिकताका साथ उपचार गराउने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो ।

महासंघले कोभिड संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने, जिल्ला हुलाक कार्यालयलाई सक्रिय बनाएर पत्रकार परिचयपत्र प्रदान, नविकरण, अनलाइन दर्ता र नविकरणसम्मको व्यवस्था गराउनुपर्ने माग सञ्चारमन्त्री गुरुङसमक्ष राखेको छ । समानुपातिक विज्ञापन प्रणाली लागु नहुँदासम्म स्थानीय र प्रदेश तहबाट उपलब्ध गराइने विज्ञापन समानुपातिक ढंगले वितरण गर्ने वातावरण मिलाउनु पर्ने र लोक कल्याणकारी विज्ञापन वाफतको रकम दोब्बार बढाउन पहल गरिदिन महासंघले आग्रह गरेको हो । विभिन्न सञ्चारमाध्यमले निष्कासन गर्ने र बेरोजगार बनाउने हर्कत गर्दै आएकोमा त्यसलाई रोकेर कोभिडले समस्यामा परेका सञ्चारगृहलाई पुर्नबहाली र पारिश्रमिक उपलब्ध गराउने वातावरण मिलाउन पहल गर्न पनि माग गरिएको साना लगानी मिडिया हक हित प्रवर्द्धन तथा संरक्षण समितिका संयोजक गोविन्दप्रसाद चौलागाईंले बताउनुभयो ।

यस्तै प्रदेशस्तरमा समेत सञ्चारग्राम बनाउने कार्यक्रम यथाशिघ्र पहल गर्न, साना लगानीका टेण्डर, सूचना प्रकाशित गर्न पाउने गरी सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता हटाउन पहल गर्नपनि महासंघले आग्रह गरेको छ । महासंघले ६० वर्ष उमेर पुगेका र २५ वर्षभन्दा बढी समय निरन्तर पत्रकारिता गरिरहेको जेष्ठ सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत घोषणा समेत गरी १३ बुंदे ध्यानाकर्षण पत्र मन्त्री गुरुङसमक्ष बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।