Logo मंसिर २०, २०७७ शनिबार


११२ औं देवकोटा जयन्ती : महाकवि देवकोटाले रामहरि जोशीसँग भने- ‘म हामफालेर मर्न चाहन्छु’

-नरेन्द्रराज प्रसाई

महाकवि लक्ष्मीप्रसाद देवकोटा र रामहरि जोशीको सम्बन्ध देवकोटाको भारतको कोलकाता भ्रमणबाट स्थापित भएको थियो । जोशीको निमन्त्रणामा देवकोटा २००५ सालमा कोलकाता गएका थिए । त्यति बेला जोशी हिमाञ्चल छात्रसङ्घका साहित्यमन्त्री थिए । कोलकाता विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीहरूको सङ्गठनको नाउँ हिमाञ्चल छात्रसङ्घ थियो ।

देवकोटा २००५ सालमा कोलकाता जाँदा पनि उनको व्यवहार धेरै असन्तुलित थियो । त्यति बेला देवकोटा कोलकाताको पार्कसर्कसको स्लामक्यासलमा रामहरि जोशी र जयनारायण गिरीको डेरामा साँगी लागेका थिए । त्यति बेला जोशी आफ्नो बेतको खाटमा देवकोटालाई सुताएर आफू भूइँमा ओछ्यान लगाएर सुत्थे । त्यहाँ जोशीसँग भूइँमा सुत्नेहरूमा ईश्वर बराल, जयनारायण गिरी र नारायणप्रसाद भट्टराई पनि थिए । एक रात सबै जना सुतिरहेको बेला राति अकस्मात् देवकोटा जुरुक्कै उठे र कराउँदै झ्यालतिर लागे । अनि तीन तलाको त्यो झ्यालबाट उनले हामफाल्न खोजे । त्यति बेला थाहा पाएर बराल र भट्टराईले समाएर देवकोटालाई ओछ्यानमा राखे । अनि त्यति बेला देवकोटाले लामो सुस्केरामा भने, I want to see God . I want to die. अर्थात् म ईश्वरलाई हेर्न चाहन्छु । म मर्न चाहन्छु । त्यसपछि उनले आफ्ना दुवै हातले टाउकोमा छिट्टोछिट्टो मुड्की हान्न थाले र केही बेरमा उनी ओछ्यानमै लडे । उनी भोलिपल्टको बिहान फेरि सधैँ झैँ सामान्य अवस्थामा देखिएका थिए ।

देवकोटालाई हिमाञ्चल छात्रसङ्घले सन् १९४९ जनवरी १६ मा एउटा भव्य अभिनन्दन गर्‍यो । त्यति बेला महाबोधी सोसाइटी हलमा खचाखच दर्शक भरिएका थिएस देवकोटा मञ्चमा नेपाली भाषामा भाषण गरिरहेका थिए । उनी जति नेपाली बोल्थे त्यति नै कविताको तुक लगाएर अङ्ग्रेजी भाषामा कवितासमेत भनिदिन्थे । उनको त्यही भाषणको रस त्यहाँका बङ्गाली भाषा तथा हिन्दी भाषाका साहित्यकार र विद्यार्थीले पनि ग्रहण गरे । त्यसैले पर्सिपल्ट ‘बङ्गीय हिन्दी परिषद्’ले पनि त्यही हलमा उनको अर्को भव्य अभिनन्दन गरेको थियो । हिमाञ्चल छात्रसङ्घले चाहिँ उनलाई अभिनन्दनमा छ सय रुपियाँ खामेर पुरस्कार पनि दिएको थियो ।

हिमाञ्चल छात्रसङ्घको आयोजनामा भएको देवकोटा अभिनन्दन समारोहमा देवकोटाले सेतो धोती र कोगटी रङ्गको कुर्ता लगाएका थिए । यसै परिवेशमा आयोजक संस्थाका साहित्यमन्त्री रामहरि जोशीले भने “देवकोटाको शारीरिक बनावट नै आकर्षक थियोस अनि उनी नौलो पोसाकमा ठाँटिएर आउँदा समारोहको रौनक नै आकर्षक देखिन्थ्यो ।”
देवकोटाले नेपाली भाषालाई अझै विस्तृत पार्ने योजना बनाएको पनि रामहरि जोशीलाई थाहा थियो । उनी जोशीलाई भन्थे “कोटिएर आएको” त्यसको अर्थ “कोट लगाएर आएको” हुन्थ्यो । यस विषयमा जोशीको भनाइ छ, “देवकोटाले यस किसिमको सङ्क्षिप्त भाषालाई पनि लोकप्रिय बनाउन चाहेका थिए ।’’

एक दिन महाकवि देवकोटा र रामहरि जोशी कोलकातामा ट्राम पर्खेर बसिरहेका थिए । त्यसै बेला त्यहाँ गोली हानाहान भएको दृश्य उनीहरूका अगाडि देखा पर्‍यो । त्यस घडी मान्छेको हुल दौडादौड गर्न थाल्यो । त्यहाँ गोली लागेर लड्ने र मर्ने मान्छे पनि सडकमा देखिए । त्यही हुलमा जोशीचाहिँ देवकोटाको खोजीमा रहे, अनि उनी देवकोटालाई नभेटेर निराश हुँदै आफ्नो छात्रावासमा पुगे । जोशी छात्रावासको आफ्नो कोठामा पुग्दा देवकोटा त्यहीँ बसिरहेका थिए । त्यसपछि जोशीले देवकोटालाई भने, “गुरु ! तपाईं म मर्न चाहन्छु ९क्ष् धबलत तय मष्भ० भन्नुहुन्थ्यो तर बाँच्ने त तपाईंको ठूलो इच्छा रहेछ नि !” कोलकाताका विभिन्न ठाउँमा देवकोटालाई डुलाउने काम पनि प्रायः रामहरि जोशी, देवेन्द्रराज उपाध्याय र जयनारायण गिरीको हुन्थ्यो । जोशीका अनुसार बाहिर जाने बेलामा तोरीको तेल हातमा माडेर देवकोटाले आफ्ना टाउकोमा लगाउँथे र मुखमा पनि दल्थे । उनी बेलाबेला मुखमा क्रिम पनि लगाएर भन्थे, “म दुब्लो त देखिइन्न होला नि ! अब म पठ्ठो हुन चाहन्छु ।”

रामहरि जोशीले कोलकातामा देवकोटाको खुबै सेवा गरे । देवकोटालाई मीठो लाग्ने मासु खुवाउन पनि जोशी त्यहाँ कहिल्यै चुकेनन् । त्यस बेलाको प्रसङ्गमा जोशीले भने “दाल, तरकारी र मासु भयो भने देवकोटा एकोहोरो मासुमासु मात्रै खानुहुन्थ्यो । अनि म सम्झाउँथे, “गुरु ! दाल तरकारी पनि खानुहोस् न १” उहाँ अत्यन्तै एकोहोरो हुनुहुन्थ्यो । मैले अनुभव गरेअनुसार उहाँको शरीर एकातिर र मन अर्कोतिर हुन्थ्यो । उहाँ बेलाबेला झोक्राउने गर्नुहुन्थ्योस कहिले रुने गर्नुहुन्थ्यो र कहिले आफ्नो कपाल तानेर बसिरहनुहुन्थ्यो । वास्तवमा मैले देवकोटालाई प्रथमपल्ट तिनै अवस्थामा नै देखेको थिएँ । सुरुमा मलाई देवकोटाको आनीबानी अचम्मको लाग्थ्यो ।”

कोलकाता बसेताका महाकवि देवकोटालाई रामहरि जोशी घरीघरी बिडी खुवाउने गर्थे । तर उनी विद्यार्थीको सीमित गच्छे भएकाले देवकोटाको त्यो अटूट अम्मल धान्न सक्तैन थिए । त्यस बेलाको घटना सुनाउँदै जोशी भन्छन्, “हामीले देवकोटालाई उहाँले खानेजति चुरोटबिडी खुवाउन सक्तैनथ्यौँस किनभने उहाँ एकै घण्टामा एक बन्डल बिडी सल्काउनुहुन्थ्यो । हामीले मागअनुसारको चुरोटबिडी दिन नसकेपछि देवकोटा गणेशमान सिंहसँग भन्नुहुन्थ्यो ‘हजूर १ बिडी खान पाऊँ न १’ देवकोटाको त्यो रीत पलपलमा दोहोरिन्थ्यो । त्यति बेला गणेशमान सिंह पनि कोलकातामा हामीसँगै बस्नुहुन्थ्यो ।’’

देवकोटा कोलकातामा एक महिना बसेर पुनः बनारस फर्के । उनी बनारसमा मर्ने स्थितिमा पुगेपछि मातृभूमि फर्के । त्यसपछि रामहरि जोशी नेपाल आएपछि उनी देवकोटासँग भेट गर्न बराबर मैतीदेवीफाँट जान्थे । सुरुमा जोशीलाई देखेर देवकोटा हर्षले नाचेका पनि थिए । जोशी देवकोटालाई भेट्न जहिलेजहिले जान्थे हातमा चुरोट लिएर नै जान्थे ।

२००९ सालमा रामहरि जोशीकै सक्रियतामा काठमाडौँमा नेपाली छात्रसङ्घ र हिमाञ्चल छात्रसङ्घको संयुक्त आयोजनामा एउटा विशाल कार्यक्रम भयो । त्यस कार्यक्रमलाई सफल पार्न जोशीहरूले राजा त्रिभुवनलाई पनि आग्रह गरे । सो मागबमोजिम राजा त्रिभुवनले पाँच हजार रुपियाँ र विद्यार्थीलाई पटनाबाट काठमाडौँ दसपटक ओसार्न आफ्नो हवाइजहाज दिए । त्यो जहाजको नाउँ भीटी (VT–CVC ) थियो । जोशीका अनुसार नेपालमा प्रजातन्त्र आएपछि राजालाई सो जहाज भारतले उपहार दिएको थियो ।

कार्यक्रमको तर्जुमाअनुसार काठमाडौँको टुँडिखेलको खरीको बोटमुनि विशाल छात्रसम्मेलन भएको थियो । रामहरि जोशीको इच्छाबमोजिम त्यस समारोहमा पनि अध्यक्ष देवकोटा नै रहेका थिए । त्यस सम्मेलनमा नेपाल, भारत, मलाया र बर्माका विद्यार्थीले पनि भाग लिएका थिए । दृश्य देवकोटाकी पत्नी मनदेवीले देखिरहेकी थिइन् । त्यस घटनाले मनदेवी आक्रोशित भइन् । उनले नेवारले भान्सा छोएको भन्ने हिसाबले त्यस दिन खाना नै खाइनछिन् । त्यो प्रसङ्ग देवकोटाले भोलिपल्ट जोशीलाई सुनाएका थिए ।

देवकोटाले रामहरि जोशी कवि पनि भएको कोलकातामा नै थाहा पाएका थिए । त्यसैले उनी जोशीसँग झन् नजिक पनि भए । साथै जोशीको ‘झङ्कार’ नामक कवितासङ्ग्रहमा उनले सन् १९४९ जनवरी २० मा एउटा भूमिका पनि लेखेका थिए । तर त्यस भूमिकामध्येबाट छ हारजतिका अंश मात्र लिएर जोशीको ‘झङ्कार’ २०१४ मा प्रकाशनमा आयो ।

गणेशमान सिंह मन्त्री भएका बेला रामहरि जोशीले सिंहलाई भनेका थिए, “जनरल महावीरशमशेर धनी हुनुहुन्छ । उहाँको भारतमा नै निजी हवाइजहाज छ र त्यहाँको यात्रीसेवा सञ्चालनमा पनि उहाँको कम्पनीले खुबै नाउँ कमाएको छ । उहाँका लागि एकदुई लाख रुपियाँ धेरै पनि होइन । उहाँले तपाईंलाई मान्नु पनि हुन्छ र तपाइँका कुरा पनि खानुहुन्छ । त्यसैले उहाँलाई भनेर देवकोटाका लागि एउटा राम्रो प्रेस खोलिदिऊँ । त्यसो भएमा पार्टीका सामग्रीहरू प्रकाशित गर्न पनि सजिलो पर्छ र उहाँको इलम र जीविका पनि हुन्छ । उहाँका सबै किताब पनि त्यहीँ छापिन्छन् ।” तर त्यस बेला जोशीको त्यस आग्रहको कार्यान्वयन हुन सकेन । अनि जोशीले सधैँ भनिरहे, “महाकवि देवकोटाजस्तो मान्छेलाई बाँचुन्जेल हामीले चिन्नै सकेनौँ र उहाँको खूबीअनुसारको काम पनि लिन सकेनौँ ।”

रामहरि जोशीले काठमाडौँमा देवकोटालाई बराबर भेटे । एकपटक जोशी देवकोटाका घरमा जाँदा उनी खाना खाइरहेका थिए । त्यतिखेर जोशी पनि सुरुसुरु भान्सामा नै गए । जोशीलाई देख्नेबित्तिकै देवकोटाले उनलाई यहीँ खाना खाऊँ भने र जोशी पनि त्यसका लागि तयार भए । तर, त्यहाँ खाना खाँदै उनीहरूमाझ कुरा हुँदा जोशीको हातले देवकोटालाई छोएछ । अनि देवकोटाले आँखा झिम्क्याएर जोशीलाई आफूलाई नछुन इसारा गरे । तर त्या दृश्य देवकोटाकी पत्नी मनदेवीले देखिरहेकी थिइन् । त्यस घटनाले मनदेवी आक्रोशित भइन् । उनले नेवारले भान्सा छोएको भन्ने हिसाबले त्यस दिन खाना नै खाइनछिन् । त्यो प्रसङ्ग देवकोटाले भोलिपल्ट जोशीलाई सुनाएका थिए ।

देवकोटाले रामहरि जोशी कवि पनि भएको कोलकातामा नै थाहा पाएका थिए । त्यसैले उनी जोशीसँग झन् नजिक पनि भए । साथै जोशीको ‘झङ्कार’ नामक कवितासङ्ग्रहमा उनले सन् १९४९ जनवरी २० मा एउटा भूमिका पनि लेखेका थिए । तर त्यस भूमिकामध्येबाट छ हारजतिका अंश मात्र लिएर जोशीको ‘झङ्कार’ २०१४ मा प्रकाशनमा आयो ।

गणेशमान सिंह मन्त्री भएका बेला रामहरि जोशीले सिंहलाई भनेका थिए, “जनरल महावीरशमशेर धनी हुनुहुन्छ । उहाँको भारतमा नै निजी हवाइजहाज छ र त्यहाँको यात्रीसेवा सञ्चालनमा पनि उहाँको कम्पनीले खुबै नाउँ कमाएको छ । उहाँका लागि एकदुई लाख रुपियाँ धेरै पनि होइन । उहाँले तपाईंलाई मान्नु पनि हुन्छ र तपाइँका कुरा पनि खानुहुन्छ । त्यसैले उहाँलाई भनेर देवकोटाका लागि एउटा राम्रो प्रेस खोलिदिऊँ । त्यसो भएमा पार्टीका सामग्रीहरू प्रकाशित गर्न पनि सजिलो पर्छ र उहाँको इलम र जीविका पनि हुन्छ । उहाँका सबै किताब पनि त्यहीँ छापिन्छन् ।” तर त्यस बेला जोशीको त्यस आग्रहको कार्यान्वयन हुन सकेन । अनि जोशीले सधैँ भनिरहे, “महाकवि देवकोटाजस्तो मान्छेलाई बाँचुन्जेल हामीले चिन्नै सकेनौँ र उहाँको खूबीअनुसारको काम पनि लिन सकेनौँ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।