मेष– थालनीको काम लम्बिन सक्नेछ । स्वास्थ्यमा समस्या हुनेछ । अचानक काममा रोकावट एवम् अपजसको सामाना गर्नुपर्नेछ । जीवनसाथीसँगको सम्बन्ध बिग्रिने एवम् प्रेममा धोका हुन सक्नेछ । खर्च बढी हुनाले यात्रा झन्झटिलो बन्नेछ । साताको मध्यमा भने सामाजिक काममा प्रगति मिल्ने एवम भाग्यले साथ दिनेछ । सानो यात्राको मजामिल्ने एवं वैदेशिक मामलामा प्रगति हुनेछ । साताको अन्त्यमा पदीय जिम्मेवारीको कारणले प्रशंसा मिल्ने एवम् पदोन्नतीको सम्भावना देखिन्छ ।
वृष– पारिवारिक भेटघाटमा समय बढी व्यतित् हुनेछ । मनोरञ्जनमा धनको खर्च हुनेछ । साथीभाइसँगको रमाइलोमा धन जानेछ । प्रेममा प्रगति हुने एवम् नयाँ मित्रता अगाडि बढ्नेछ । प्रेममा सुख मिल्ने एवम् वैवाहिक कुरामा प्रगति हुनेछ । साताको मध्यमा भने कठिनाइ झेल्नुपर्ने एवम् अपमानको भय रहन्छ । विद्याध्ययनमा भने कमजोर योग देखिन्छ । साताको अन्त्यमा भने वैदेशिक कामबाट फाइदा एवम् सामाजिक एवम् परोपकार काममा रुची बढ्नेछ ।
मिथुन–आपसी विवाद समझदारीमा टुंगिनेछ । टाढाको आफन्तबाट आर्थिक सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तबाट सहयोग एवम् उपलब्धि मुलक काममा खर्च हुनेछ । वादविवाद एवम् प्रतिस्पर्धामा जीत हासिल मिल्ने तथा सरकारी काममा जिम्मेवारी रहनेछ । साताको मध्यमा भने खानपिनको मज्जा मिल्ने एवम् प्रियजनसँग रमाइलो हुनेछ व्यापार क्षेत्र एवम् खाद्यान्न क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । सरकारी व्यक्तिले साथ दिनाले रोजगारीको बाटो मिल्नेछ । साताको अन्त्यमा भने काम बिग्रिने एवम् स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट– विद्याध्ययनमा प्रगति हुनेछ । कला, संगीतमा सम्मान मिल्ने एवम सामाजिक काममा व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले काममा सहायता हुनेछ । यात्रामा सामान्य चोटपटकको भय रहन्छ । पैतृक सम्पत्तिमा मनमुटाव बढ्ने एवम् मातापितासँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने घरबाहिरको काममा रुचि हुने तथा स्वास्थ्यमा प्रगति हुनेछ । साताको अन्त्यमा भने रमाइलो हुने एवम् साथीभाइसँग रमाइलोमा खर्च हुनेछ । नयाँ मित्रता गाँसिने एवम् नयाँ दोस्ती सुरुवात हुनेछ ।
सिंह– साताको शुरुमा स्वास्थ्यमा बाधा आउनेछ । घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवम् चिसोको बाधा रहनेछ । साताको मध्यमा भने सन्तानबाट खुशीको खबर मिल्नेछ । व्यवसायमा सामान्य लाभ एवं धनको कारोबार बढ्नेछ । जीवनसाथीसँग भने सामान्य विवाद बढ्ने एवम् पिताजीको स्वास्थ्यमा गडबड रहनेछ । धार्मिक रुचि भने बढ्ने एवम् साताको अन्त्यमा भने सवारी एवं सुखसयलको आनन्द मिल्नेछ । नया सरसामाग्रीमा धनको व्यय हुनेछ । स्वास्थ्यमा सुधार तथा काममा खुशी मिल्नेछ ।
कन्या– दाजुभाइको मिलेमतोमा पुरानो कारोवार मिल्नेछ । छोटो यात्राको अवसर आउनेछ । काममा जिम्मेवारी थपिने एवम् नयाँ कामको सुरुवात हुनेछ । साताको मध्यमा भने मानसिक अशान्ति बढ्ने एवम् मित्रजनबाट सामान्य असहयोग हुनेछ । स्वास्थ्यमा बाधा एवम् पारिवारिक कामले खर्च बढ्नेछ । विद्याध्ययनमा रोकावट एवम वैदेशिक फाइदा मिल्नेछ । बोलीबचनको कारणले मित्रता टुट्न सक्ने एवम् आर्थिक हिसाब किताबमा सामान्य विवाद रहनेछ ।
तुला– जिम्मेवारीको काममा सामान्य आलोचना हुनेछ । वैवाहिक सम्बन्धको प्रसंग उठ्नेछ । प्रेममा प्रगति एवं मित्रबाट धनको सहयोग मिल्नेछ। मिठो भोजन एवम सामाजिक काममा सहभागिता मिल्नेछ । बोलीबचनको प्रभावले ठुलाबडासँग सम्बन्ध अगाडि बढ्नेछ । धनको प्राप्ती हुनेछ । साताको मध्यमा भने स्थान परिवर्तन हुने एवम कामको बोझ थपिनेछ । जीवनसाथीको स्वास्थ्यमा समस्या एवम यात्रामा कठिनाइ हुनेछ । साताको अन्त्यमा, घरायसी समस्या बल्झिने एवम शंकाले बाधा गर्नेछ ।
वृश्चिक–रमाइलोमा समय व्यतित हुनेछ । विलासिता एवं घरायसी काममा धनको खर्च हुनेछ । यात्रामा समस्या आउने र सानो कुराले विवाद हुनेछ । हडबडमा काम बिग्रिनेछ । एकैचोटी योजना बनाउँदा मुख्य काम छुट्न सक्नेछन् । नयाँ काममा योजना हुने, पारिवारिक रमाइलो मिल्ने एवम धनको हानि हुनेछ । प्रेममा प्रगति मिल्ने एवम जीवनसाथीको सहयोगले अधुरा काम पुरा हुनेछन् । सामान्य चोटपटकको भय एवम सन्तानको स्वास्थ्यमा कमजोरी रहनेछ ।
धनु-यात्रामा बाधा र झन्झट व्यहोर्नु पर्नेछ । फाइदा विनाको काममा समय खेर जानेछ । सरसामान हराउने एवं आर्थिक काममा फाइदा कम हुनेछ । खानपिनमा खर्च बढी हुनेछ । स्वास्थ्य बाधा गर्ने एवम सञ्चित धनको क्षय हुनेछ । विद्याध्ययनमा रुचि एवं परोपकार क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । कृषि, पशु, चौपायाबाट आम्दानी हुनेछ । दाजुभाइको सहयोग मिल्ने तथा घरायसी काममा प्रगति हुनेछ । भोजनको गडबडले पाचन शक्तिमा समस्या आउनेछ । साताको अन्त्यमा भने मनोरन्जनको योग रहेको छ ।
मकर- आत्मबल बढ्नाले नया काममा प्रगति हुनेछ । । महिलावर्गको सहयोगले आर्थिक कारोवार मिल्नेछ । व्यवसायमा राम्रो लाभ मिल्नेछ । सोचेको कुरा पुग्ने एवम आर्थिक लाभ हुनेछ । तरल पदार्थ, खाद्यान्न व्यवसाय एवम जडिबुटीको कारोबारमा आम्दानी . हुनेछ । साताको मध्यमा भने बढी खर्च हुने एवम अरुले धनको आश गर्नेछन् । लेनदेनमा विवाद आउनेछ । जग्गाजमिन एवम पैतृक सम्पत्तिमा विवादको योग बन्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवम मनोरञ्जनमा खर्च बढ्नेछ ।
कुम्भ- माइती मावलीबाट व्यवसायमा सहयोग हुनेछ । महिलाबर्ग एवं पारिवारिक माहोलमा माया खुसि मिल्नेछ । नोकरी रोजगारीमा अवसर आउनेछ । राजनीति एवम सरकारी क्षेत्रमा जिम्मेवारी बढ्नेछ । ठुलाबडाले साथ दिने एवम काम र प्रतिस्पर्धामा जस मिल्नेछ । साताको मध्यमा भने आम्दानीको स्तर बढ्ने, धनसम्पत्ति संकलन हुने एवम भोजनको सुख मिल्नेछ । शिर दर्द एवम नाक,कान, घाँटीको समस्याले सताउनेछ । दाजुभाइको स्वास्थ्यमा सामान्य बाधा एवम धार्मिक रुचिकेो योग बन्नेछ ।
मीन- राजनीतिमा जिम्मेवारी थपिनेछ । भाग्यले साथ दिनाले पुराना कामबाट फाइदा आउन शुरु गर्नेछ । वैदेशिक काममा सफलता हुनेछ । पुराना,अधुरा काम सुचारु हुनेछन् । दिनले साथ दिनाले जिम्मेवारी छिट्टै पुरा हुनेछ । धर्म,कर्ममा रुचि एवम सामाजिक क्षेत्रमा संलग्नता मिल्नेछ । रोजगारी एवम व्यवसायमा नयाँ प्रणालीबाट काम शुुरु हुनेछ । आम्दानीको श्रोत खुल्ने एवम साथीभाइको सहयोगले आर्थिक क्षेत्र बलियो हुनेछ । गोडा,घुँडाको समस्या एवम आर्थिक लेनदेनमा विवाद आउन सक्नेछ ।
प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी