Logo मंसिर २०, २०७७ शनिबार


३० सेकेण्डमै कोरोना भाइरस मार्ने औषधि पत्ता लाग्यो

एजेन्सी । विश्वभर फैलिएको कोरोना महामारीको कहर कम हुने कुनै छाँटकाँट देखिएको छैन । त्यसैले कोरोनाविरुद्धको खोपको अहिले सारा विश्वले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । अमेरिका,चीन,रुससहित भारत लगायतका देशहरुले कोरोनाविरुद्धको खोपको अन्तिम परीक्षण गरिरहेका छन् ।

यसैबीच वैज्ञानिकहरुले कोरोना भाइरसलाई केही सेकेण्डमै नष्ट गर्न सफलता हासिल गरेको दाबी गरेका छन् । वैज्ञानिकहरुका अनुसार उनीहरुले यस्तो स्प्रे बनाएका छन् जसले कोरोनाको भाइरसलाई ३० सेकण्डमै नष्ट गरिदिन्छ ।

अमेरिकाको लस एञ्जलसमा अवसिथ्त युनिभर्सिटी अफ क्यालिफोर्नियामा गरिएको एक शोध अध्ययन अनुसार वैज्ञानिकहरुले थ्रीडी प्रिन्टरको माध्यमबाट प्रेस प्लाज्मा जेट स्प्रे तयार पारेका हुन् ।

यो जेट स्प्रेले धातु,फलाम र प्लाष्टिकमा रहेको कोरोना भाइरसलाई ३० सेकेण्डभन्दा पनि कम समयमा नष्ट गरिदिनसक्छ । कोरोना महामारी फैलिरहेको बेला वैज्ञानिकहरुको यस शोधलाई ठूलो सफलता मानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

पैसाको अभाव रहनेछ । स्वास्थ्यमा परेशानी बढ्नेछ । सानो यात्राको तय हुनेछ

महको नाममा धेरैले अत्यधिक चिनी सेवन गरिरहेको प्रतिवेदनको निष्कर्ष रहेको छ ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन् ।

समितिले पनि प्रतिवेदन बुझाइ सकेपछि उनीहरुले ब्रोकर कमिसन घटाउने निर्णय तत्काल गर्न माग गरेका छन् ।

प्रस्तावहरुको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन ।