Logo बैशाख ५, २०७८ आइतबार


‘नेताहरुले गोप्यता ख्याल नगर्दा संकट गहिरिने देख्छु’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता ठाकुर गैह्रेले शीर्ष तहका नेताहरुबीच आपसी छलफल र विवादका विषयमा गोप्यतालाई ख्याल नगर्दा पार्टीमा संकट गहिरिन सक्ने सम्भावना बढेको बताउनुभएको छ ।

पछिल्लो पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दुईपक्षीय पत्रको आदानप्रदान भएपनि ती पत्र सार्वजनिक हुनु दु:खद भएको उल्लेख गनुहुँदै नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका गैह्रेले नेताहरुले आपसी छलफलका विषयमा संवेदनशील बन्नुपर्ने बताउनुभएको हो ।

शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा छलफलका विषय सार्वजनिक भएको प्रति संकेत गर्नुहुँदै गैह्रेले भन्नुभयो, ‘बैठकमा उठेका विषय र अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव पनि आजको जस्तो संवेदनशील अवस्थामा सार्वजनिक नगर्नु उत्तम हुन्थ्यो, सचिवालयका नेताहरु नै यसमा गम्भीर बनेको देखिएन’, उहाँले भन्नुभयो, ‘पार्टी विभाजनको संघारमा पुगेको विश्लेषण भइरहेका बेला छलफलहरु गोप्य गर्न नसक्नु र भएका छलफललाई जिम्मेवार नेताहरुले नै बाहिर सार्वजनिक गर्नु दु:खद छ ।’

जनतासमाचारसँग कुरा गर्नुहुँदै उहाँले ढिलै भएपनि पार्टीको सचिवालय बैठक बस्नु अत्यन्तै खुशीको कुरा भएको र अब मंसिर ३ गते बस्ने बैठकले ठोस निर्णय गरेर जान सक्नुपर्ने बताउनु भयो । नेताहरुबीचका आरोप/प्रत्यारोपका विषय व्यक्तिगतबाट सामूहिकतामा प्रवेश गर्दै पार्टीका एजेण्डा बन्नु सकारात्मक भएको गैह्रेको भनाइ छ ।

बैठकमा प्रवेश पाएका विषय हेर्दा, नेताहरुले गोप्यता कायम गर्न नसकेको देख्दा र त्यसपछि केही मानिसहरु नेताहरुलाई उक्साउन उद्दत बनिरहेको जस्ता घटनाहरुले पार्टी विवादलाई झन संवेदनशील बनाउन सक्ने पनि उहाँको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।