Logo फाल्गुन २१, २०७७ शुक्रबार


रंगोली बनाउने सजिलो तरिका

काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहार हाम्रो घर दैलोमा भित्रिसकेको छ । यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा गरि मनाइदैछ । तिहार भन्ने बित्तिकै विशेषगरि हामी झिलिमिली रमाइलो रंगीन पर्व भन्ने बुझ्छौं । घरका भित्ता, झ्याल, ढोकालाई दियो बत्ती र फूलको मालाले सजिसजाउ गरेर चिटिक्क पार्ने गछौं ।

आँगनमा विशेष गरि लक्ष्मी पूजाको दिन रंगोली बनाउने गरिन्छ । नेपालमा रंगोली बनाउने पूरानो पररम्परा नभएता पनि पछिल्लो समय गाउँका आँगनहरु पनि सुन्दर रंगोलीमा सजिएको देख्न सकिन्छ ।

विभिन्न रंगको प्रयोग गरि बनाइने रंगोलीले घर आँगनलाई सुन्दर बनाउनुका साथै सबैमा उत्साह जगाईदिन्छ । रंगोली हेर्दा बनाउन जति गाह्रो लाग्छ तर केही उपाय अपनाइयो भने त्यति नै सजिलो पनि हुन्छ । रंगोली बनाउँदा छान्नी, छुरा या गोलो आकारको वस्तु आदिको सहयोगले छोटो समयमानै आकर्षक रंगोली बनाउन सकिन्छ ।

आवश्यक सामाग्री

१. चामलको पीठो, सेतो अबिर, रातो अबिर, हरियो जस्तो रंग तपाईलाई राम्रो लाग्छ ३०० ग्राम जति तयार पार्ने
. कलमको कभर या कागजको मसिनो पारेर सोली तयार गर्नुहोस्

प्रथम चरण

१. सबैभन्दा पहिले तपाँईले रंगोली बनाउने ठाउँ (घरको आगन या सिकुवा ) बडारकुडार गरेर लिपपोत गरेर सुकिलो बनाउनुहोस् ।
२. तयार पारेको पीठो या कुनै एउटा अबिरलाई कलमको कभर या कागजको सोलीको सहायताले समान दुरीमा नौ वटा समान थोप्ला बनाउनुहोस् ।

दोस्रो चरण
१. समान नौ वटा थोप्ला मध्ये सुरुको थोप्ला र अन्तिमको थोप्लालाई गोलो घेरा लगाउनुहोस् ।

तेस्रो चरण

१. दायाँ पट्टिको सुरुको दोस्रो थोप्ला र बायाँ पट्टिको दोस्रो थोप्लालाई अंग्रेजी अंक आठको आकारमा गोलो बनाउँनुहोस् ।

चौथो चरण

१. अन्तिमको गोलो पारिएको दाँया पट्टिको थोप्ला र बायाँ पट्टीको थोप्लालाई पनि अंग्रेजी अंक आठको आकारमानै गोलो बनाउँनुहोस् ।

पाँचाैं चरण

१. बीचमा खाली रहेका तीनवटा थोप्लालाई एकैसाथ आठ कै आकारमा गोलो बनाउनुहोस् ।

अब तपाईको सुन्दर रंगोली तयार भयो । बनेको रंगोलीको बीचबीचमा तपाईले दियो बालेर राख्न सक्नुहुन्छ । भने विभिन्न रंगका अबिर थप गरेर यसलाई अझै सुन्दर पनि बनाउन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।